मन्त्रीको राजीनामापछि ओली पक्ष उत्साहित, प्रचण्ड–नेपालतिर आन्तरिक असन्तुष्टि ज्यूँका त्यूँ

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधवार मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाए । पत्रकार सम्मेलन गर्दै बोहराले राजीनामा घोषणा गर्दै आफू प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपामा रहेको बताए ।  मन्त्रीले राजीनामा नै दिएर आफ्नो पक्षमा लागेपछि ओली पक्ष उत्साही भएको छ । ‘दृढ इच्छाशक्ति र यथेष्ट प्रयत्नका बाबजुद जनभावना अनुसार काम गर्न विभिन्न कठिनाइ एवं चुनौतीको सामना गर्नुपरेकाले प्रदेश सरकारको मन्त्री पदमा बसिरहँदा प्रदेशका जनताको अपमान हुने भएकाले राजीनामा गरेको छु,’ मन्त्री ...