मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ । निरन्तरको वर्षाले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ खण्ड अन्र्तगत बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्से, काठेखोला गाउँपालिकाको सुन्तली घुम्ती र बयलडाँडामा राती खसेको पहिरोले सडक अवरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । निरन्तरको वर्षातपछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन […]

सम्बन्धित सामग्री

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

अत्यधिक हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुमपूर्वदेखि बागलुङ खण्ड अवरुद्ध भएको छ ।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

अत्यधिक हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुमपूर्वदेखि बागलुङ खण्ड अवरुद्ध भएको छ ।

पहिराेका कारण मध्यपहाडी लाेकमार्ग अन्तर्गत  पर्वत–बागलुङ खण्ड अवरुद्ध

पर्वत – मंगलबारदेखि भएको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पटक पटक अवरुद्ध हुने गरेको छ । मंगलबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ खण्ड बुधबार दिउँसो मात्रै सञ्चालनमा आएको भए पनि बुधबार रातिदेखि पुन: अवरुद्ध बनेको हो । अविरल वर्षाका कारण सडक भन्दा झण्डै दुई सय मिटर माथिबाट पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडक खण्डमा पर्ने पर्वतको मोदी गाउँपालिका ५ भ्याप्लेमा सडक अवरुद्ध बनेको छ । सडक अबरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरु दुवै तर्फ अलपत्र परेक...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ :  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।लोकमार्गको निसीखोला गाउँपालिका वडा नम्बर ४ स्थित कालाखेतमा भीषण पहिरो खस्दा यातायातका साधानहरु ठप्प भएका छन्। पहिरोका कारण गएरातिदेखि सडक अवरुद्ध भएको निसीखोला गाउँपालिका नम्बर ४ का वडा अध्यक्ष टिकानिधी पौडेलले बताए। निसीखोला गाउँपालिका पहलमा पहिरो पन्छाउने कार्य तत्कालै शुरु गर्ने वडा अध्यक्ष पौडेलको भनाई छ। पहिरो निकै ठूलो भएको हुँदा सडक खुलाउन केही समय लाग्नसक्ने अध्यक्ष पौडेलको भनाई छ।जि

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्ड अवरुद्ध

पुस १४, बागलुङ । मंगलवार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड अवरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा दुई फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वी रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् ।  हिउँ जमेकाले सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए । भारी हिमपातले मानवीय क्षति भने नभएको उनले बताए । रासस

मध्यपहाडी लोकमार्ग– तीन ठाउँमा पहिरो

पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोला, चुवाभिर र वडा नं. २ को नयाँ पुलमा गएको पहिरोले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भएपनि नयाँ पुलको पहिरो हटाएर सडक सुचारु गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक […]

मध्यपहाडी लोकमार्ग चार दिनपछि सञ्चालन

पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ । वर्षा नरोकिएकाले पछिल्लो चार दिनदेखि अवरुद्ध बनेको सडक बिहीवार बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ । बुुधवार साँझ एकतर्फी खोलिएको भए पनि वर्षा रोकिएपछि दुईतर्फी नै खुला भएको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । यद्यपि पहिरो पन्छाउने काम भने जारी रहेको छ । पर्वतमा बुधवार रातिदेखि वर्षा रोकिएकोले सडक खुलाउन सकिएको उनले बताए । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक ठप्प भएको थियो । सडक सञ्चालन भएसँगै चार दिनदेखि अलपत्र बनेका मालवाहक ट्रक, तरकारी तथा फलफूल, औषधि तथा अक्सिजन बोकेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । कमजोर भूभागका कारण सहस्रधारामा सामान्य वर्षा हुँदासमेत अवरुद्ध हुने गरेको छ । रासस

तीन दिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड खुलाउन सकस परेको छ । वर्षा नरोकिएका कारण विगत तीन दिनदेखि अवरुद्ध बनेको सडक खुलाउन समस्या भएको हो । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर रोकिएको सडक वर्षा नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो केही बेर खुले पनि फेरि बन्द भएको हो । […]

मध्यपहाडी लोकमार्ग चार दिनपछि सञ्चालन

पर्वत। पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ। वर्षा नरोकिएका कारण चार दिनदेखि अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। बुुधवार साँझ एकतर्फी खोलिएको भए पनि वर्षा रोकिएपछि आज बिहानदेखि दुईतर्फी नै खुला भएको हो। यद्यपि पहिरो पन्छाउने काम भने जारी छ। पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ । आज बिहान पहिरो गएको हो । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भईरहेको छ ।