ग्लोबल आइएमई बैंकमा ड्राइभ उत्सव अफर

काठमाडौं (अस) ।  ग्लोबल आइएमई बैंकले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी अटो एक्सप्रेस(ड्राइभ उत्सव योजनाअन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी कर्जालगायत योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८ दशमलव १९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा अन्य सवारी साधन कर्जाका साथै ८ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अवधिका लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजना निजी प्रयोजनका विविध नयाँ सवारी साधन खरिदका लागि उपलब्ध हुनेछ । आवेदन प्रक्रिया पूरा भएको २ कार्यदिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरिद गर्ने प्रयोजनका लागि ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । हाल बैंकले ७ दशमलव ९९ प्रतिशत (प्रिमियमसहित) को ब्याजदरमै घर कर्जा योजनासमेत सञ्चालन गरिरहेको छ ।