अक्षयकुमार अभिनित बलिउड फिल्म 'पृथ्वीराज' को टिजर सार्वजनिक भएको छ। यो फिल्म राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित छ। फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्।
अक्षयका साथै यस फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ। यस फिल्ममा मानुषीले राजकुमारी संयोगिताको भूमिका निभाएकी छिन्। यो उनको डेब्यु फिल्म हो।…