यो वर्ष किसानले समयमै पाउलान् त रासायनिक मल ? भारतबाट जेठ भित्रै १ लाख टन मल ल्याउने तयारी

काठमाडौं । खेतीपातीको समयमा मल अभाव हुन नदिन जीटूजी प्रक्रियामार्फत सरकारले भारतबाट आयात गर्ने भनिएको रासायनिक मल आगामी जेठभित्रै नेपाल ल्याउने गरी तयारी थालिएको छ । सम्बद्ध अधिकारीका अनुसार जेठभित्रै १ लाख मेट्रिक टन (मेटन) मल नेपाल ल्याइनेछ ।  सरकारले आगामी ५ वर्षका लागि जीटूजी प्रक्रियामार्फत ९ लाख ३५ हजार मेटन रासायनिक मल ल्याउने गरी भारत सरकारसँग गत फागुनमा सम्झौता गरेको थियो । सम्झौतामा कहिलेदेखि र कुन मूल्यमा मल ल्याउने उल्लेख थिएन । खेतीपातीको सिजन शुरू हुन करीब १ महीना बाँकी रहँदा फास्टट्र्याकबाट जतिसक्दो चाँडो मल ल्याउने गरी दुई देशका अधिकारीहरू लागिपरेको मल आयातको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडको भनाइ छ ।   फास्टट्र्याकबाट मल आयात गर्न कृषि सामग्री कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीसहितको टोली गत बिहीवार भारतीय अधिकारी भेटेर फर्किएको छ । भेटमा भएको छलफलअनुसार मल आयातको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको कार्कीले जानकारी दिए ।  मल आयात गर्दा कुनै कर लाग्ने छैन । भारतले सेवा शुल्क र मार्जिन राख्ने छैन । त्यसैगरी भारतले आफूले किनेको मूल्यको आधारमा लटअनुसार मूल्य तोकेर नेपाललाई मल उपलब्ध गराउनेछ । अन्तरराष्ट्रिय बजारमा मूल्य घटबढ भएमा उसले सोहीअनुसार मूल्य तोक्नेछ । नेपालको मल गोदामसम्म ढुवानी पनि भारत सरकारले नै गरिदिने सहमति भएको कार्कीले जानकारी दिए ।  सबै कुरा मिलेपछि अबको २ साताभित्र पहिलो खेपमा ६० हजार मेटन युरिया र ४० हजार मेटन डीएपी गरी १ लाख मेटन मल भारतीय ढुवानी साधनले नै वीरगञ्ज र विराटनगरस्थित कृषि सामग्रीको गोदामसम्म ल्याइदिनेछन् । चालू आर्थिक वर्षमा ल्याउने सहमति भएको बाँकी ५० हजार मेटन भने असार १५ भित्र ल्याइसक्ने योजना रहेको कार्कीले बताए । नेपालमा वार्षिक करीब ८ लाख मेटन रासायनिक मल आवश्यक पर्छ । वर्षे बालीका लागि करीब १ लाख ५० हजार मेट्रिक टन आवश्यक पर्छ । जीटूजीको मल ल्याउन ढिलो भए यस वर्ष पनि रोपाइँको समयमा मल अभाव हुनेछ । कृषि सामग्रीसँग यतिबेला १५ हजार ५ सय मेटन डीएपी, ३ सय ८६ मेटन युरिया र ६ हजार ७ सय मेटन पोटास मलमात्र मौज्दात छ । सरकारी अनुदानको मल वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग पनि कत्ति पनि मल छैन । साल्ट ट्रेडिङको मल भण्डार ४ महीनादेखि रित्तै अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेसँगै ग्लोबल टेन्डरमार्फत मल आयातमा समस्या भएपछि सरकारी अनुदानको मल आयात र विक्रीको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनको मल भण्डार करीब ४ महीनादेखि रित्तो छ । टेन्डर गर्ने बेलाको मूल्यको तुलनामा मल किन्ने बेलाको मूल्य धेरै फरक परेपछि मल आयात गर्न समस्या भएको कर्पोरेशनका अधिकारी बताउँछन् ।  पछिल्लो समय रूस–युक्रेन तनावले मूल्यमा भएको अत्यधिक वृद्धिका कारण कर्पोरेशनले ग्लोबल टेन्डरमार्फत किन्न लागेको ७५ हजार मेटन मल किन्नै सकेको छैन । कर्पोरेशनले यसअघि ग्लोबल टेन्डर खोल्ने बेलामा ४ सय ५५ डलर रहेको युरिया मलको मूल्य बढेर अहिले ११ सय डलर पुगिसकेको छ । डीएपीको मूल्य ६ सय ५० डलरबाट १३ सय डलर पुगेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए । बेलैमा ग्लोबल टेन्डरमार्फत मल नआए जीटूजीबाट आयात गरिने मलकै भर पर्नुपर्ने अवस्था रहेको उनले बताए । 

सम्बन्धित सामग्री

सर्लाहीमा फेला पर्‍यो नक्कली रासायनिक मल उद्योग

सर्लाहीमा प्रहरीले नक्कली रासायनिक मल बनाउने उद्योग फेला पारेको छ। नक्कली रासायनिक मल बनाएर सर्वसाधारणलाई ठगी गरिरहेको गिरोहलाई सर्लाही प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हाे।...

सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण हुने

सिन्धुली । बाग्मती प्रदेश सरकारले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण गर्ने भएको छ । १ खर्ब रुपैयाँ लाग्ने अनुुमान गरिएको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी उपयुक्त स्थान हुने भएकाे हाे । थाईल्याण्डको मछाडा इन्टरनेशनलले मल कारखाना संचालन गर्ने गरी काम अघि बढाएकाे बाग्मती प्रदेश सरकारले जनाएकाे छ । पानी र बिजुली बाहेक अन्य कच्चा […]

पोखराका किसानले अझै पाएनन् रासायनिक मल

लेखनाथ : रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्छ तर दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन्। सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले कर्पोरेसनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव झेल्नुपरेको हो। धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल प्रयोग गरिन्छ तर यस वर्ष दोस्रो पटक छर्ने बेलामा मात्र मल आएको छ, त्यो पनि न्यून मात्रामा

बागलुङमा सहज हुँदै रासायनिक मल

गलकोट । बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेसन बागलुङले सोमबारदेखी रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ । नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालिको लागि आवश्यक […]

किसानलाई रासायनिक मल पाउन सकस

काठमाडौँ । असार मानो रोपेर मुरी फलाउने समय हो। असार १५ गते रोपाइँ दिवस मनाइन्छ । उक्त दिवस आउन चार दिन बाँकी छँदा पनि अहिलेसम्म किसानले रासायनिक मल पाउन नसक्दा अहिले उनीहरुको चित्कार चुलिएको छ । समयमै रासायनिक मल उपलब्ध नभएपछि यस वर्ष धानको उत्पानमा गिरावट आउने देखिन्छ । अहिलेको जनसङ्ख्यालाई धान्न झन्डै ६३ लाख […]

देशभर रासायनिक मल अभाव, असारमा थप चर्किने

११ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की गोमा चौलागाईं नजिकैको सिपाघाट बजारमा रासायनिक मल किन्न पुगिन् । बारीको एकसरो मकै गोड्नु अघि हाल्नका लागि तीन बोरा रासायनिक मल उनलाई चाहिएको छ । तर, बजारमा मल पाइएको छैन । रासायनिक मल नपाएको यो नै उनको पहिलोपटक होइन । एक दाना पनि मल दिन सकिने अवस्था […]

चीनबाट रासायनिक मल भित्रिँदै

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट रासायनिक मल नेपाल भित्रिएको छ । तातोपानी नाकाबाट बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न शिल्क मार्केटले जिम्मेवारी पाएको थियो । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो पटक एक हजार ५ […]

यस वर्ष पनि रासायनिक मल अभाव हुने

काठमाडौँ – गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यस वर्ष पनि मल नपाउने भएका छन्। मल खरिद–बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको हो। आलु र गहुँका लागि आवश्यक पर्ने मल फागुनदेखि नै खरिदको तयारी गर्दासमेत अभाव हुने देखिएको कम्पनीका […]

कहिले आउला भारतबाट जीटुजीको रासायनिक मल ?

२७ जेठ, काठमाडौं । सरकारी स्तर (जीटुजी)मा रासायनिक मल खरिद गर्ने प्रक्रियाका थप अघि बढाउन नेपालले भारतसँग आग्रह गरेको छ । भारतबाट रासायनिक मल खरिद गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिपछि भारतलाई पत्राचार गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मल खरिद सम्झौताको मस्यौदा नेपालको तर्फबाट स्वीकृति गरेर परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरिएको कृषि मन्त्रालय […]

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।          भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ ।