स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन लाख रुपैयाँ जरिबाना वा तीन वर्षसम्म कैद (अध्यादेशकाे पूर्ण पाठ)

काठमाण्डाै – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेमाथि कडा कारबाही र जरिबानाका प्रावधानसहित अध्यादेश जारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ जारी गर्नुभएको हो ।अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरेमा वा स्वास्थ्य संस्थामा तोडफोड गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।यस्तै स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्...