समीक्षा: 'गदर २'ले जोगाउँदैन 'गदर'को साख

फिल्मको 'सिक्वेल' निर्माण गर्नुपछाडिका एउटै ध्येय हुन्छ, पैसा कमाउने । पुरानो फिल्मको भावना(इमोसन) बेच्यो, पैसा थुपार्‍यो । 'कटप्पा ने बाहुबलीको क्यों मारा ?' यही प्रश्नको जवाफमा 'बाहुबली २'ले बक्स अफिस थर्कायो । अहिले त सिक्वेल/प्रिक्वेलको ट्रेन्ड नै छ । सिक्वेलको हावाले नेपाली फिल्मकर्मीलाई पनि कहाँ नछोएको हो र ? 'कब्बडी', ‍'छक्का पञ्जा' र 'नाइँ नभन्नु ल' पछिल्ला उदाहरण भइहाले । गत शुक्रबारदेखि प्रदर्शनमा आएका 'गदर २' र 'ओएमजी २' पनि यही धरातलमा उभिएका छन् ।