खुल्यो चन्द्रागिरि, तस्बिरमा हेर्नुहोस् जीपलाइनलगायतका रमाइलो

चन्द्रागिरि केबलकार लामो समयपछि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण बन्द रहेको केबलकार स्वास्थ्य मापदण्ड पालना गर्दै आजदेखि सञ्चालनमा आएसँगै चहलपहल बढेको छ । चन्द्रागिरिमा केबलकारको अतिरिक्त रकक्लाईमिङ, जीपलाइनका साथै सुविधासम्पन्न रिसोर्ट समेत रहेका छन् । चन्द्रागिरि पछिल्लो समय राजधानीको एक आकर्षक पर्यटकीय गन्तब्य बन्न सफल भएको छ । तस्बिरहरु : रासस