महानगर र उपमहानगरमा भागबण्डा मिले पनि कांग्रेसभित्र असन्तुष्टि बढ्दो

काठमाण्डाै – सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरमा भागबण्डाको टुंगो लागे पनि नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ । विराटनगर, पोखरा, भरतपुर, हेटौंडा तथा मधेसका स्थानीय कार्यकर्ताले भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् । पोखरामा मेयर पद नपाएपछि कांग्रेसका असन्तुष्ट पदाधिकारी र कार्यकर्ताले कांग्रेस कास्कीको पार्टी कार्यालयमा ताला लगाएका छन् । पोखरा महानगरपालिकाको मेयरको पद गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको कोटामा परेको छ । पार्टी कार्यकताको भावनाविपरीत कांग्रेस एक्लै लड्दा पनि जितिने पोखरा महानगरको मेयर अर...

सम्बन्धित सामग्री

भरतपुरलाई उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमीनमा खेती

चितवन। भरतपुर महानगरपालिका–२ ले वडाभित्र रहेको खाली जमीनको सदुपयोेग र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यसहित अभियान शुरू गरेको छ । वडामा रहेको नेपाल अद्वैत संस्थाको करीब एक बिघा जमीनमा सयपत्री फूल लगाएर जग्गालाई प्रयोगमा ल्याइएको हो । झाडी भएर खेर गएको सो जग्गामा आदर्श गृह नामक संस्थालाई नि:शुल्क रूपमा खेती गर्न दिइएको छ । हाल उक्त संस्थाले सयपत्री फूल र केहीमा कोदोखेती गरेको छ । वडाको खाली जमीन सदुपयोग गर्ने अभियान अनुसार उक्त संस्थालाई प्रयोग गर्न दिइएको वडाध्यक्ष मनोज रानाभाटले जानकारी दिए । ‘यो अभियानले एक त खाली जमीनको सदुपयोग हुन्छ अर्कोतिर उत्पादन र आत्मनिर्भरता पनि जोड्न सकिन्छ,’ रानाभाटले भने । वडालाई स्वच्छ सफा हरियाली बनाउन समेत यो अभियान सार्थक हुने उनको भनाइ छ । भरतपुरको केन्द्रमा रहेको नारायणगढ क्षेत्रपुर र नारायणगढ–मुग्लिन सडक समेत छुने यो क्षेत्रमा हरियाली प्रवर्द्धन गर्न सके भरतपुर भ्रमण वर्ष २०२४ लाई समेत टेवा पुग्ने रानाभाटले बताए । वडा नं २ जस्तै अन्य वडालाई पनि यस अभियानमा जोड्न अभिप्रेरित गर्ने रानाभाटको भनाइ छ ।  आदर्श गृहकी अध्यक्ष मिना खरेलले गृहमा बस्दै आएका महिलाले खेती गरेको र यसका लागि लगानी र सहजीकरण संस्थाले गरेको बताइन् । गृहको संरक्षणमा रहेकालाई सहयोग र आत्मनिर्भर बनाउन फूलखेती गरिएको उनको भनाइ छ । ‘हामीले अन्य वडामा पनि खाली जमीन पायौं । अनुकूलता मिले खेती लगाएर उनीहरूलाई आत्मनिर्भर र स्वालम्बन बनाउने अभियानमा छौं,’ खरेलले भनिन् । हाल यो संस्थामा हिंसामा परेका २७ जना महिला तथा बालिका रहेका छन् । वडाले वडाभित्रको जग्गा बाँझो राख्न नपाउने कार्यविधि अनुसार खाली जमीन हस्तान्तरण गर्दै आएको छ । ‘खेत बाँझो रहँदा झाडी बढ्ने र आपराधिक क्रियाकलाप हुने भएकाले अभियान सञ्चालनमा ल्याई कार्यान्वयन गरिएको हो,’ अध्यक्ष रानाभाटले भने । संस्थागत र समूहमा आउने अन्यलाई पनि वडाभित्रको जग्गा नि:शुल्क रूपमा खेती गर्न दिइने उनको भनाइ छ । यहाँ उत्पादित फूलको बजारीकरणका लागि महानगर फलफूल तथा तरकारी थोक व्यवसायी संघसँग सहकार्य गरिएको छ । संघले बजारीकरणसहित आवश्यक मलसमेत सहयोग गर्ने कार्यवाहक अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । अन्य खाली जग्गामा उत्पादित तरकारी तथा फलफूल उपजलाई बजारीकरण र सहजीकरण गर्ने धितालले प्रतिबद्धता व्यक्त गरे ।

भागबण्डालाई निष्कर्षमा पुर्‍याउन सत्तागठबन्धन बैठक आज पनि बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक आज पनि बस्दैछ । महानगर र उपमहानगरमा भागबण्डा मिले पनि नगरपालिका तथा गाउँपालिकामा अझै व्यापक किचलो भएपछि सत्तागठबन्धनको बैठक बस्न लागेको हो । कतिपय स्थानीय तलमले आपसमा कुरा मिल्न नसकेपछि केन्द्रकै हस्तक्षेप खोजेका छन् । उम्मेदवार मनोनयन गर्ने दिन आइसक्दा पनि गठबन्धनमा भागबण्डा मिलेको छैन । […]

दलहरु उम्मेदवार टुङ्ग्याउने अन्तिम तयारीमा, भोलि र पर्सि मनोनयन दर्ता

काठमाण्डाै - पालिका चुनावको लागि भोलि र पर्सि मनोनयन दर्ता भएकाले दलहरु उम्मेदवार छनाेटको अन्तिम तयारीमा जुटेका छन् । केही पालिकामा उम्मेदवारको टुङ्गो लागे पनि महानगर, उपमहानगरसहितका पालिकाहरुमा टुङ्गो लागेको छैन । । महानगर र उपमहानगरका मेयर र उपमेयर केन्द्रबाटै टुङ्ग्याउने नीतिअनुसार दलहरु छलफलमा व्यस्त छन् । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा भागबन्डा टुङ्गो लगाए पनि उम्मेदवार छनोट गर्न बाँकी छ । तर केन्द्रमा भागबन्डा मिले पनि केही जिल्लामा स्थानीय नेताहरुबीच असन्तुष्टि बढेको छ । भरतपुर, पोखरा र वीरगञ्ज...