‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलीज हुन्छः रोहित शेट्टी

एजेन्सी। बलिउड फिल्म निर्देशक रोहित शेट्टीले अक्षय कुमार अभिनीत सिनेमा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका छन्। शेट्टीले हिजो राती टिभी रियालिटी शो ‘खतरो के खिलाडी’मा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका हुन्। उनले सिनेमा प्रदर्शन गर्न फिल्म हल खुल्ने समय पर्खिरहेको बताए। उनकाअनुसार सिनेमा हल खुल्ने बित्तिकै फिल्म प्रदर्शन हुनेछ।