पाल्पा निस्दीमा चितुवा आतंक, रातिको समयमा नहिँड्न आग्रह

पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतंक बढेको छ ।  गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।  निस्दी–४, मित्याल झ्याल्टुङका रेवन सिं गाहा र वडा नं–६,अर्चलेको पोखरा भन्ज्याङका पृथ्वीमान राईको गएराति गोठमै चितुवा पसेर गोरु मारेको छ । चितुवा गाउँमा पस्न थालेपछि स्थानीयवासी घाँस, दाउरा, मेलापात निस्कन त्रास बढेको बताउँछन् । स्थानीय प्रशासन भने रातिको समयमा नहिँड्न र वन जंगलमा एक्लै नजान ...