आज सर्वदलीय बैठक बस्दै, संसद् अवरोध र एमसीसीकाे विषयमा छलफल हुने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री देउवाले संसदमा भइरहेकाे अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो ४ बजे बैठक बोलाउनु भएको हो। बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ। तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेका उपाध्यक्ष एवम् सं...