बौद्ध धर्मावलम्बीको वर्षावास सुरु

बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि सुरु भएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्पराअनुसार लुम्बिनीको राजकीय बुद्ध विहारमा यसको शुभारम्भ गरिएको छ । तीन महिने वर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुद्ध धर्म र दर्शनको प्रचारका लागि वर्षावास उपयुक्त समय भएको बताए । बौद्ध भिक्षु तथा उपासक उपासिका एकै ठाउँमा भेला हुने र धार्मिक कार्यक्रम गरेर बुद्धको शिक्षा फैलाउन यो