फुलबारीमा भारतीय पेन्सन क्याम्प बनाउन थालेपछि स्थानीयको विरोध

पुरातात्विक,सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण फुलवारीमा भारतीय भूपू सैनिकका लागि स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिइएकोमा स्थानीय स्तरमा चर्को विरोध भएको छ। गएको फागुनमा सरकारले फुलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन स्विकृति दिएको हो।