गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धान खेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धान बाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए । “भजनीमा १० हज