जालझेल र षड्यन्त्रले जित्ने झलनाथको योजना असफल पार्यौँ : एमाले

इलाम : नेकपा एमाले इलामले पूर्व प्रधानमन्त्री झलनाथ खनालले जनतमतको आधारमा नभई जालझेल र षडयन्त्र गरेर चुनाव जित्ने योजना असफल भएको बताएको छ। नेकपा एमाले इलाम क्षेत्र नं १ निर्वाचन परिचाल कमिटीका संयोजक उदयबहादुर राईले विज्ञप्ति जारी गर्दै खनालले बम आतंक, मतपेटिका साट्न प्रयास गरेर निर्वाचन जित्ने दुश्प्रयास गरे पनि सफल नभएको बताएका छन्।उनले निर्वाचनको प्रचारप्रसारको क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै नेकपा (एमाले) का उम्मेदवार एवम् पार्टीका अन्य जिम्मेवार नेता कार्यकर्ताको मोबाइल ट्राकिङ्ग गरेको