चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने भएको छ। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमा गर्ने नगरवासीको कुल लागतमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिन लागेको हो।नगरवासीको स्वास्थ्यको ख्याल गरी  उक्त निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए। उनले उक्त योजना बैशाख १ दिख लागु भएको जानकारी दिए।उक्त कार्यक्रममा समावेश हुन निवेदन पेश गर्दा परिवारका सबै सदस्यहरूको परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने छ।