सरकारी कर्मचारीमा नैतिकताको खडेरी, नैतिकताको कसीमा बाँध्न सुझाव

काठमाडौं, ४ फागुन। जनप्रशासन क्याम्पस, त्रिविका सह–प्राध्यापक डा.नरेन्द्रराज पौडेलले सरकारी कर्मचारीमा नैतिकताको खडेरी देखिएको बताएका छन्। कर्मचारीलाई नैतिकताको कसीमा बाँध्न उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीलाई सुझाएका छन्। सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा मन्त्री मोदीले आज सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखहरुसँग छलफल गर्ने क्रममा पौडेलले उक्त सुझाव दिएका हुन्। कर्मचारीहरु अन्यायमा पर्नेगरी ऐन नल्याउन महाशाखाका प्रमुखहरुले सुझाव दिएका थिए।