बागमतीमा सरकारी खर्च व्यवस्थित गर्न कार्यविधि पारित

हेटौंडा : बागमती प्रदेश सरकारले सरकारको खर्चलाई व्यवस्थित बनाउन कार्यविधि पारित गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका विभिन्न कार्यालय र मन्त्रालयको खर्चलाई व्यवस्थित, एकरुपता दिन बनाएको कार्यविधि पारित गरेको सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए।कार्यविधिले खर्चमा मितव्ययिता कायम गर्नुको साथै पारदर्शिता वृद्धि गर्ने मन्त्री खनालले दाबी गरे। बैठकले प्रदेशका विभिन्न सामुदायिक तथा गैरनाफामुलक अस्पतालहरुलाई अनुदान दिने पनि निर्णय गरेको छ। सा