प्रमुख भन्सार नाकामा सवारीसाधन ‘स्क्यानर’ जोड्ने तयारी

१० असोज, काठमाडौं । भन्सार विभागले प्रमुख भन्सार नाकाहरुमा साना ठूला मालबाहक सवारी साधन स्क्यान गर्ने प्रविधि जडानको तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा लिइएको नीतिअन्र्तगत वीरगन्ज, वीरगञ्ज सुख्खा बन्दरगाह, बिराटनगर, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय लगायतका भन्सारमा सवारी साधन स्क्यानर राख्ने तयारी गरेको विभागले जनाएको छ । नाकाहरुमा सवारी साधन जाँचलाई व्यवस्थित गर्नेबारे अध्ययन […]

सम्बन्धित सामग्री

विराटनगरमा राति १२ बजेसम्म होटेल चलाउने निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्र रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि महानगरको समन्वयमा अयोजित सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधवारको उक्त बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटेल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पटकपटक महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए ।  व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटेल व्यवसायी संघ, उपभोक्तासँग सम्बद्ध संस्थासहित सरोकारवालाको बैठक राखेको हो ।  बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिले होटेल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायत मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । मेयर कोइरालाका अनुसार व्यवसायीले सोही कार्यविधिभित्र रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुपर्नेछ । व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखेको कोइरालाको भनाइ छ । विराटनगरको व्यवसाय प्रवर्द्धनमा महानगरपालिका सधैं गम्भीर रहेको उनले बताए । व्यवसायी पनि एक ढिक्का भएर सहयोग गर्नुपर्नेमा उनले जोड दिए । ग्राहक आएर होटेल र पसल ढिलोसम्म सञ्चालन भए छेउको अर्को व्यवसायीले पुलिसलाई खबर गर्ने गरेको आफूले थाहा पाएकाले व्यवसायीले पनि एकअर्कासँग दुस्मनी होइन, सहकार्य गरेर अघि बढ्नुपर्ने मेयर कोइरालाको सल्लाह छ ।  उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनका लागि कुनै कसर बाँकी नराख्ने बताए । ‘व्यवसायीको पीडा बुझेर महानगरले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि निकै नै चासो देखाएको छ । मेयर–उपमेयर केही गरौं भन्ने भावनाले प्रेरित भएको मैले पाएँ,’ उनले भने, ‘कानूनको परिधिभित्र बसेर गरिने व्यापार व्यवसाय प्रवर्द्धन गर्न प्रमुख जिल्ला अधिकारीको नाताले म सधैं तत्पर छु ।’  प्रमुख जिल्ला अधिकारी भट्टराईले कानूनले वर्जित गरेकाभन्दा अन्य व्यवसाय सञ्चालनमा समस्या नहुने उल्लेख गरे । सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने उनको प्रतिबद्धता छ । भट्टराईले होटेल परिसर र बाहिर सीसी क्यामेरा जडान गर्न व्यवसायीलाई आग्रह गरे । त्यस्तै ध्वनिप्रदूषण नगर्न पनि उनले सुझाव दिए । प्रविधि प्रयोग गरेर कोठाभित्रको आवाज बाहिर नजाने बनाउन सकिने भन्दै भट्टराईले त्यसतर्फ ध्यान दिन व्यवसायीलाई आग्रह गरे ।  उपमेयर कार्कीले महानगरले अघि सारेको योजनाले सार्थकता पाएको बताइन् । उनले आफूहरूले पहिलादेखि नै होटेल र अन्य व्यवसाय राति ढिलोसम्म सञ्चालन गर्न दिनुपर्छ भन्ने मान्यता राख्दै आएको स्पष्ट पारिन् । कोरोना महामारीपछि होटेल व्यवसाय धराशयी भएको भन्दै व्यवसायीले राति पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका छन् ।  अहिले साढे ९ नबज्दै प्रहरीले नै सटर बन्द गराउने गरेको व्यवसायीको गुनासो छ । राज्यले व्यवसायमैत्री वातावरण नबनाए पलायनको विकल्प नभएको उनीहरू बताउँछन् ।  बैठकमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटन समिति संयोजक भवीशकुमार श्रेष्ठ, होटेल एशोसिएशनका राजन श्रेष्ठ, विराट होटेल व्यवसायी संघका सचिव खिलकुमार सुवेदी, रात्रिकालीन होटेल व्यवसायी संघका सचिव नारायण तिम्सिना, होटेल तथा पेय पदार्थ व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराई, उपभोक्ता जागरण अभियानका कृष्णप्रसाद भण्डारी मार्सेली, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेललगायतले भारतीय नम्बर प्लेटका सवारीसाधन, भारतीय रुपैयाँ बोकेर आउने पर्यटकलाई दु:ख दिने क्रम रोक्नुपर्ने, भारतीय पक्षसँग समन्वय गरेर राति १२ बजेसम्म भन्सार नाका खोल्नुपर्ने, मापसे चेकजाँचलाई व्यवस्थित बनाउनुपर्ने लगायत माग राखेका थिए ।  भारतीय पर्यटकलाई आकर्षित गर्न सुरक्षा निकाय, स्थानीय सरकार र व्यवसायीले पर्यटकमैत्री वातावरण बनाउनुपर्नेमा उनीहरूले जोड दिए । रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा राज्यको करसमेत वृद्धि हुने महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले बताए । उनले व्यवसायीले तिर्न बाँकी मनोरञ्जन लगायत कर बुझाउन आग्रसमेत गरे ।

वीरगञ्ज भन्सार कार्यालय : ८ महीनामा लक्ष्यको ६० प्रतिशत राजस्व

वीरगञ्ज । सरकारले आयातमा गरेको कडाइ र स्वदेशी बजारमा आएको मागको कमीको असर भन्सारबाट उठ्ने राजस्वमा देखिएको छ । देशकै मुख्य भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीनामा लक्ष्यको तुलनामा न्यून राजस्व उठाएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आवको साउनदेखि फागुनसम्ममा तोकिएको लक्ष्यको ६० प्रतिशतमात्रै राजस्व असुल गरेको हो । वीरगञ्ज आयातनिर्यात कारोबार र राजस्वमा योगदानका आधारमा मुख्य मानिँदै आएको भन्सार नाका हो । यो नाकाबाट मुख्य रूपमा औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम र सवारीसाधन आयात हुन्छ । निकासीतर्फ प्रशोधित तेल, तयारी कपडा, जुस, धागोलगायत छन् । भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार वीरगञ्ज भन्सारले बितेका ८ महीनामा १ खर्ब १ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो भन्सारलाई चालू वर्षको ८ महीनाका लागि १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ उठाउने लक्ष्य भन्सार विभागले दिएको थियो । वर्षको शुरूदेखि नै आयातमा लिइएको कडाइको नीतिले समग्र व्यापार नै घटेकोले भन्सारले उठाउने राजस्वमा पनि असर देखिएको भन्सार अधिकारीहरूले बताउने गरेका छन् । राजनीतिक अस्थिरता र चुनावको माहोलमा सीमावर्ती क्षेत्रमा मौलाएको अवैध आयात र मुख्य नाकाबाटै ‘सेटिङ’मा चलेको राजस्व चुहावटको धन्धाले पनि भन्सारको राजस्व प्रभावित भएको भन्सारका कर्मचारी बताउँछन् । वीरगञ्ज भन्सारलाई यो वर्ष २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको छ । चालू वर्षका कुनै पनि महीनामा भन्सारले राजस्व लक्ष्य प्राप्त गर्न नसकेको तथ्यांकले देखाउँछ ।

वीरगन्ज नाकाबाट घट्यो आयात

मुलुककै मुख्य भन्सार नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) बाट मालबाहक सवारीसाधन भित्रिने क्रम घटेको छ । चाडपर्वको मुखमा भारत तथा तेस्रो मुलुकबाट अन्य अवस्थाको भन्दा बढी सवारीसाधन भित्रिनुपर्नेमा यसपटक गत वर्षको यसै अवधिभन्दा तीन गुणाले आयात घटेको आईसीपी सन्चालक इन्टर मोडल यातायात विकास समितिका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले बताए । ‘अहिले सामान्य अवस्थाको भन्दा झन्डै आधाले आयात कम भएको छ,’ उनले भने ।

महोत्तरीको भिठामोड भन्सार सञ्चालन

महोत्तरी । कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका भिठामोड पुनः सञ्चालन गरिएको छ । गतवर्ष चैत ११ गतेदेखि बन्द रहेको उक्त भन्सार नाका शनिवार अपराह्नपछि सञ्चालन गरिएको हो ।     दुवै देशको सहमतिपश्चात् भन्सार नाका सञ्चालन भएसँगै मालवाहक भारतीय गाडी नेपाल प्रवेश पाउन थालेका छन् । नेपाली गाडी पनि भारततर्फ जान थालेको भन्सार कार्यालयले बताएको छ । साथै दुईपांग्रे सवारीसाधन दुवैतर्फ निर्बाध रूपमा चल्न थालेका छन् । भारतीय चारपांग्रे गाडी नेपाल प्रवेश गरेको ७२ घण्टाअघि चालक तथा सहचालकको कोरोना जाँच गराएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । दुईपांग्रेका हकमा सो व्यवस्था छैन । भन्सार खुलेसँगै सयौंको संख्यामा मोटरसाइकल दुवैतर्फ ओहोरदोहोर गरेका छन् । कार, जीपजस्ता चारचक्के सवारीसाधन भने फाट्टफुट्ट मात्रै प्रवेश गरेका छन् । लामो समयपछि भन्सार नाका खुलेपछि सो नाका भएर भारत जाने महोत्तरी, धनुषा, सिन्धुली लगायत जिल्लाका बासिन्दालाई सहज हुने भएको छ । रासस

वीरगन्जबाट सवारी आयात बढ्यो

वीरगन्ज भन्सार नाकाबाट सवारीसाधन आयात फेरि बढेको छ । २०७२ को मधेस आन्दोलनसँगैको भारतीय नाकाबन्दीको समयमा वीरगन्ज भन्सार नाका छाडेर अरू नाका पसेका सवारीसाधन आयातकर्ता पुनः यही नाकामा फर्कन थालेका छन् । त्यतिबेला लामो समय वीरगन्ज नाका बन्द भएपछि यहाँबाट जिप, कार, भ्यानजस्ता सवारी आयात गरिरहेका ठूला आयातकर्ता भैरहवा नाकातर्फ गएका थिए ।

प्रमुख नाका वीरगञ्ज भन्सारमा आवागमन अझै असहज

पर्सा : कोरोना महामारीका कारण एक वर्षअघि गत चैतमा बन्द गरिएको मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज अझै आधिकारिक रूपमा खुलाइएको छैन। देश छिर्ने प्रमुख स्थल नाका भारतीय पर्यटकका लागि अझै नखुलाइएको हो। अन्य गतिविधि भने प्रायः सबै पूर्ववत् अवस्थामा फर्किन थालेको छ। तथापि; वीरगन्ज भन्सार नाका भने आधिकारिक रूपमा अझै भारतीय पर्यटकका लागि खुलेको छैन।भारतीय पर्यटककै भरथेगमा चलिरहेको यहाँको पर्यटन व्यवसाय सीमा नखुलाइँदा ठप्प छ। भारतीयहरूले सीमा पारी नै सवारीसाधन छाडेर नेपाल छिर