काठमाण्डाै – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फको १ करोड ३७ लाख मतपत्र छपाइ गरेको छ । बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।
छापिएकामध्ये प्रतिनिधि सभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेका छन् । योसँगै प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको प्रत्यक्ष तर्फको मतपत्र छपाइ स...