माइती नेपालले निर्माण र सञ्चालन गर्ने कृषि फार्मको शिलान्यास

माइती नेपालले निर्माण र सञ्चालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मंगलबार मकवानपुरको गढी गाउँपालिका–५ सानोसुकौरामा शिलान्यास गरिएको छ । कृषि फार्म तथा तालिम केन्द्र भवनको बागमती प्रदेशका मुख्यमन्त्री...

सम्बन्धित सामग्री

घारखोलामा पुल निर्माण

म्याग्दी, १७ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिए । “मोटरेबल […]

निर्माण कम्पनीमा सञ्चालन नाफाको तेब्बरभन्दा माथि कर्जा

काठमाडौं  । नेपालमा सञ्चालनमा रहेका निर्माण व्यवसायीको कर्जा औसतमा सञ्चालन नाफाको तेब्बरभन्दा माथि देखिएको छ ।  रेटिङ कम्पनीहरूको रिपोर्टअनुसार आर्थिक वर्ष (आव) सन् २०२२ मा १० निर्माण व्यवसायीको कुल कर्जा ४७ अर्ब ५३ करोड रुपैयाँ छ । सोही आवमा उनीहरूको सञ्चालन नाफा १३ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । यो नाफा सन् २०२१ को तुलनामा झन्डै १ प्रतिशतले बढी हो । आव सन् २०२१ मा यी कम्पनीको सञ्चालन नाफा १३ अर्ब ७७ करोड रुपैयाँ थियो । रेटिङ कम्पनीहरूले प्रकाशित गरेको रिपोर्टअनुसार सञ्चालनमा रहेका १० निर्माण कम्पनीको कर्जा आव सन् २०२२ को उनीहरूको सञ्चालन नाफाको ३ दशमलव ४२ गुणा हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह अहिले निर्माण कम्पनीहरू समयमै सरकारबाट भुक्तानी नपाउँदा समस्याबाट गुज्रिरहेको बताउँछन् । ‘समयमा भुक्तानी नहुँदा, मूल्यवृद्धि र रुस–युक्रेन तनावका कारण निर्माण व्यवासायीको व्यवसाय प्रभावित भएको छ । व्यवसायीले लिएको कर्जा पनि बढेको छ,’ उनले भने । निर्माण व्यवसायीले अहिले अत्यधिक नोक्सानी बेहोर्नुपरेको पनि उनले बताए । ‘व्यवसायीको तीन/चार वर्षदेखिको ओभरहेड खर्च छ । कर्जाको ब्याज पनि तिर्ने नसक्ने अवस्था भएकाले हामी आन्दोलित हुनुपरेको छ,’ उनले भने । महासंघका अनुसार नेपालमा हाल २४ हजार निर्माण व्यवसाय दर्ता छन् । तीमध्ये पाँच हजार हाराहारी मात्र सक्रिय छन् ।  कुन कम्पनीको अवस्था कस्तो ? हनुमान कन्सट्रक्सन प्रालि सन् १९९४ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले नेपालभर भवन, सडक, पुल र अन्य पूर्वाधार विकास परियोजना निर्माण गर्दै आएको छ । कम्पनीको अध्यक्षमा शालिकराम न्यौपाने छन् । रेटिङ कम्पनी इन्फोमेरिक्स नेपालका अनुसार हनुमानले आव २०२२ मा २ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ । कम्पनीको ४ अर्ब ६८ करोड रुपैयाँ कर्जा छ । इन्फोमेरिक्सले कम्पनीको दीर्घकालीन कर्जाका लागि डबल बी र अल्पकालीनको लागि ए फोर रेटिङ दिएको छ ।  शुभ कन्सट्रक्सन प्रालि सन् १९८९ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले नेपाल सरकारको विभिन्न निकायका साथै निजी कम्पनीको निर्माण कार्य गर्दै आएको छ । कम्पनीको अध्यक्ष सन्तोषकाजी श्रेष्ठ छन् । इन्फोमेरिक्स नेपालका अनुसार शुभ कन्सट्रक्सनले आर्थिक वर्ष सन् २०२२ मा १६ करोड ५० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । कम्पनीको कर्जा ८० करोड रुपैयाँ छ । कम्पनीको दीर्घकालीन कर्जाको लागि इन्फोमेरिक्सले बी प्लस र अल्पकालीनको लागि ए फोर रेटिङ दिएको छ ।  रसुवा कन्सट्रक्सन कम्पनी प्रालि सन् १९९७ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले पुल, भवन, सडक, जलविद्युत् आयोजना र अन्य पूर्वाधार निर्माणको परियोजनामा काम गर्दै आएको छ । कम्पनीको अध्यक्ष राजेन्द्रराज आचार्य छन् । इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा तीन अर्ब ४६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको सात अर्ब ५२ करोड रुपैयाँ कर्जा छ । इन्फोमेरिक्स नेपालले कम्पनीको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइनस र अल्पकालीन कर्जाको लागि ए थ्री रेटिङ दिएको छ ।  मोतिदान कन्सट्रक्सन सेवा प्रालि सन् २००९ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले खानी, सडक, पुल, भवन, सिँचाइ कार्य निर्माणलगायतको काम गर्दै आएको छ । कम्पनीको प्रबन्ध निर्देशकमा रामबहादुर गौतम छन् ।  रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा २ अर्ब ७० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको १३ अर्ब ५० करोड रुपैयाँ कर्जा छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र अल्पकालीनको लागि ए फोर प्लस रेटिङ दिएको छ ।  कन्काई इन्टरनेशनल बिल्डर्स प्रालि सन् १९८७ मा स्थापित यस कम्पनीको आम्दानी मुख्यतया सरकारी विभागहरूको सडक र खानेपानी आयोजनाबाट हुने गरेको छ । कम्पनीको अध्यक्षमा रामप्रसाद मैनाली छन् । केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा एक अर्ब ६८ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको ५ अर्ब ५० करोड रुपैयाँ कर्जा छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी प्लस र अल्पकालीनको लागि ए फोर प्लस रेटिङ दिएको छ ।  बानियाँ निर्माण सेवा प्रालि सन् १९९८ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले खानी निर्माणका साथै अन्य निर्माण कार्य गर्दै आएको छ । कम्पनीको अध्यक्षमा इन्द्रबहादुर बानियाँ छन् । केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा २ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको ८ अर्ब ७५ करोड रुपैयाँ कर्जा रहेको छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाका लागि डबल बी र अल्पकालीनका लागि ए फोर रेटिङ दिएको छ ।  सपना निर्माण सेवा प्रालि सन् १९८४ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले सडक, पुलका साथै सिँचाइको निर्माण कार्य गर्दै आएको छ । कम्पनीको प्रबन्ध निर्देशकमा हरिप्रसाद ढकाल छन् ।  केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा ३७ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको १ अर्ब ७८ करोड रुपैयाँ कर्जा छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाका लागि डबल बी र अल्पकालीनको लागि ए फोर रेटिङ दिएको छ ।  कवीन्द्र निर्माण सेवा कम्पनी प्रालि सन् २०१८ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले भवन र सडक निर्माणको कार्य गर्दै आएको छ । कम्पनीको अध्यक्ष कवीन्द्र महर्जन हुन् । कम्पनीमा कवीन्द्र र उनका भाइ मनीन्द्रको ८० प्रतिशत शेयर छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार यो कम्पनीले आव सन् २०२२ मा १० करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ कर्जा छ । इक्रा नेपालले यसको दीर्घकालीन कर्जाको लागि बी प्लस र अल्पकालीनका लागि ए फोर रेटिङ दिएको छ ।  खड्का निर्माण सेवा सन् २००० मा स्थापित ‘ख’ वर्गको यस कम्पनीले देशको मध्य र सुदूरपश्चिम क्षेत्रमा सार्वजनिक क्षेत्रमा सडक खण्डसँग सम्बद्ध निर्माण कार्य गर्दै आएको छ । कम्पनी टेकबहादुर खड्काको एकल स्वामित्वमा छ । इक्रा नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा ४९ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको २ अर्ब ४० करोड रुपैयाँ कर्जा छ । इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जाका लागि बी प्लस र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ ।  एचएम कन्सट्रक्शन प्रालि सन् १९७७ मा स्थापित ‘क’ वर्गको यस कम्पनीले खानेपानी, भवन, पुल र सडक परियोजना निर्माण गर्दै आएको छ । कम्पनीमा ५२ प्रतिशत शेयर ललिता थापाको र बाँकी करुण श्रेष्ठको छ ।  इक्रा नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा २७ करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको १ अर्ब ४३ करोड रुपैयाँ कर्जा रहेको छ । इक्रा नेपालले एचएमको दीर्घकालीन कर्जाका लागि डबल बी माइनस र अल्पकालीनका लागि ए फोर रेटिङ दिएको छ ।

साल्पासिलिछो गाउँपालिकाले पञ्चवर्षे योजना निर्माण गर्ने

भोजपुर– यहाँको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ । पालिकाले सञ्चालन गर्ने कार्यक्रमलाई सफल बनाउनका साथै विकासमा साझा धारणा बनाउनका लागि पञ्चवर्षे योजना निर्माण गर्न लागिएको हो । स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञबाट आएका सल्लाह सुझाव तथा परामर्शका आधारमा आवधिक पञ्चवर्षे योजना निर्माण […]

पुल निर्माण सम्पन्न नहुँदै यातायात सञ्चालन

काठमाडौं, पुस १० । उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार पुल सम्पन्न नहुँदै यातायात सञ्चालनमा ल्याइएको छ । उदयपुर रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङ खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने पुलमा जबर्जस्ती यातायात सञ्चालन गरिएको हो । बहुचर्चित सुनकोसी नदीमाथिको फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, […]

आइतबारदेखि अत्यावश्यकबाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द

निर्माण व्यवसायीहरुले आउँदा आइतबारदेखि अत्यावश्यक काम बाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी कन्ट्रक्शन होलिडे गर्ने भएका छन् ।विभिन्न निर्माण सामाग्रीहरुमा अप्रत्यासित रुपमा अत्याधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आइतबारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी कन्ट्रक्शन होलिडे गर्ने भएका हुन् । शुक्रबार काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरी मूल्य समायोजन मार्गदर्शन नं–२ तत्काल

बसपार्कमा कृषि क्याम्पस सञ्चालन हुने

इलाम- इलाममा निर्माण सम्पन्न भएको बसपार्कमा कृषि क्याम्पस सञ्चालन हुन लागेको भन्दै विरोध सुरु भएको छ । करोडौं रकम खर्च गरेर बसपार्क निर्माण भए पनि सञ्चालनमा नआई कृषि क्याम्पस सञ्चालन हुन लागेको भन्दै विरोध सुरु भएको हो ।कृषि क्याम्पस सुरु हुनु जिल्लाकै प्रतिष्ठाको कुरा हो । तर जहाँ सञ्चालन हुनुपर्ने हो त्यहाँ नभएको भन्दै विरोध […]

बन्दिपुरमा फनपार्क सञ्चालन

तनहुँ, ३ पुस: बन्दिपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब रु साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो । बन्दिपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा […]

चोभार सुख्खा बन्दरगाह कात्तिकदेखि सञ्चालन

काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह (ड्राइपोर्ट) आगामी तीन महिनाभित्र अर्थात् कात्तिकदेखि सञ्चालनमा आउने भएको छ ।बन्दरगाहको पूर्वाधार निर्माण तयार भइसकेकाले सञ्चालन मोडालिटी बनाएर आगामी तीन महिनाभित्रमा सञ्चालन गर्न लागिएको इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले पूर्वाधारको काम सकिएकाले कात्तिक महिनाभित्र सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । “अन्तर्राष्ट्रियस्तरको […]

मङ्सिरमा उद्घाटन भएको भेन्टिलेटर अझै सञ्चालन भएन

धादिङ । गत वर्ष  उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर जिल्ला अस्पतालमा जडान गरियो । दुई भेन्टिलेटर र आठ श्ययाको आइसियु कक्षसमेत अस्पतालले निर्माण सम्पन्न ग¥यो तर भेन्टिलेटर आएको लामो समय भइसक्दा सञ्चालन हुन सकेको छैन । भेन्टिलेटर सञ्चालन हुन नसक्दा कोरोना भाइरस महामारीका कारण बिरामी परेका र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्थाका बिरामीको ज्यान गइसकेको छ । दक्ष जनशक्ति र अक्सिजन व्यवस्थापन हुन नसक्दा भेन्टिलेटर