वीरगञ्ज महानगरपालिकाको चुनावी तालमेलले लोसपामा विवाद

वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच चुनावी तालमेल गर्ने सहमति भएसँगै लोसपामा विवाद उत्पन्न भएको छ । लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झालगायतका केही नेताहरुले एकलौटी रुपमा एमालेसँग गठबन्धन गरेको भन्दै लोसपाका महानगर अध्यक्ष ओमप्रकाश सर्राफले विरोध गरेका छन् । उनले भने, ‘चुनावी तालमेल कुनै नेताको व्यक्तिगत स्वार्थका लागि भएको हो, यसमा पार्टीको सहमति छैन ।’वीरगञ्ज महानगरपालिकामा एमालेभन्दा लोसपा बलियो रहेको दाबी गर्दै उनले गत स्थानीय चुना

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरको कबाडी करको ठेक्का लिएर अवैध असुली

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको कबाडी करको ठेक्का पाएको ठेकेदार कम्पनीले अवैध रुपमा रकम असुली गरिरहेको पाइएको  छ। महानगरको कबाडी करको ठेक्का पाएको गणपति निर्माण सेवाले अवैध रुपमा मालबाहक तथा खाली ट्रकसँग रकम असुली गरिरहेको हो। वीरगञ्ज महानगरपालिका–२२ मा रहेको ठेकेदार कम्पनीले आफ्ना कर्मचारीहरु खटाएर अवैध रुपमा ट्रकसँग असुली गरिरहेको ट्रान्सपोर्ट व्यवसायीहरुले गुनासो गरेका छन्। भन्सारबाट […]

भ्रष्टाचारमुक्त वीरगञ्ज बनाउँछु : मेयर सिंह

वीरगञ्ज : मधेस प्रदेशको एक मात्र, महानगरपालिकाको रुपमा पर्सास्थित वीरगञ्ज महानगरपालिका रहेको छ। कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार कूल दुई लाख ६८ हजार २७३ रहेको छ। महानगरको विकास र समृद्धिका लागि भावी योजना र कार्यक्रमका विषयमा नगर प्रमुख राजेशमान सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश : यहाँ महानगरको बागडोर सम्हाल्दै गर्दा यहाँको मुख्य–मुख्य योजना र प्राथमिकता के–के छन्?वीरगञ्ज महानगरको हकमा मुख्य योजनाभन्दा पनि

वीरगञ्ज महानगरपालिका ३२ मा जसपा विजयी

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको जारी मतगणना अनुसार पहिलो वडाको मत परिणाम सार्वजनिक भएको छ। महानगरको वडा नम्बर ३२ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्। उनी सहित साे वडामा जसपाकाे प्यानल नै विजयी भएकाे हाे। जसपाका उमेदवार रेयाज अहमद १०९९ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका […]

वीरगञ्ज महानगरपालिका : जसपाका सिंहको अग्रता

वीरगञ्ज : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंह एक हजार ३६३ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले  ६५९ मत प्राप्त गरेका छन्।  हाल वडा नं. १, २, ३१ र ३२ को मतगणना जारी  छ।  हालसम्म कुल तीन हजार ६७ मत मतगणना भएको छ।  मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका छन्। जिल्लाका अन्य पालिकामा पनि मतगणना जारी छ

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

वीरगञ्ज – स्थानीय तहको निर्वाचन अन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । १४ […]

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा  मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो ।वीरगञ्ज म

र्सिसिया नदीलाई प्रदूषणमुक्त बनाउन माग गर्दै वीरगञ्ज महानगरपालिका घेराउ

वीरगञ्ज– र्सिसिया नदीलाई प्रदूषणमुक्त गर्न माग गर्दै सोमबार वीरगञ्ज महानगरपालिका घेराउ गरिएको छ। नदीलाई प्रदुषणमुक्त बनाउन अभियान चलाउँदै आएका सरीसवा नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियानले महानगरपालिकाको गेटमा धर्ना दिँदै दुई घण्टा कार्यालय घेराउ गरेको हो। बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म अभियानमा जोडिएका अभियन्ता, विभिन्न दलका नेता कार्यकर्ता, स्थानीयबासीलगायतले महानगरपालिका घेराउ गरेका थिए। सरीसवा नदी […]

वीरगञ्ज महानगरपालिका राजश्व संकलनको दायारा बढाउँदै

वीरगञ्ज । वीरगन्ज महानगरपालिका कार्यालयले चालु आर्थिक बर्षको ५ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गरेता आगामी वर्ष राजस्वको दायरा अझै बढाउने योजना बनाइएको छ । उक्त कुराको जानकारी वीरगञ्ज महानगरपालिकाको राजस्व शाखाका प्रमुख अरुण बस्नेतले समाचारपत्रसंगको कुराकानीमा बताउनुभयो । चालु आर्थिक वर्षमा महानगरपालिकाले ९५ करोड ४७ लाख ४ सय ७२ रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य […]

असार १ देखि विद्यालय खुलाउने वीरगञ्ज महानगरपालिकाको निर्णय

पर्सा : वीरगञ्ज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु असार १ देखि पुनः सञ्चालन हुने भएको छ। दोस्रो लहरको कोरोना महामारीको कारण महानगर क्षेत्रका शैक्षिक संस्था गत वैशाख १२ देखि बन्द रहेका विद्यालयहरु विद्यार्थीको भौतिक उपस्थितिविना नै खुल्ने भएका हुन्।विद्यालय बन्द रहेकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा हुन पाएको छैन। त्यसैले आन्तरिक मूल्यांकन गरेर परीक्षा फल प्रकाशन गर्न पनि विद्यालय खुला गर्नु परेको महानगर प्रमुख विजयकुमार सरवगीले बताए। ‘विद्यालय सरसफाइ ग