मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री ओलीद्वारा सर्वाेच्चमा जवाफ पेस

काठमाण्डाै – मन्त्रिपरिषद् विस्तार गर्नुकाे कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ दिनुभएको छ । प्रतिनिधि सभा विघटन गरेपछि ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले खारेज गर्दै लिखित जवाफ मागेको थियो ।  महान्यायाधिवक्ताको कार्यालयमार्फत आज (बिहीवार) सर्वोच्चलाई जवाफ दिनुभएका प्रधानमन्त्री ओलीले आफूले संविधान र कानुनअनुसार नै मन्त्रिपरिषद् विस्तार गरेको जिकिर गर्नुभएको छ ।  उहाँले मन्त्रिपरिषद् विस्तार राजनीतिक कुरा भएको र यसमा सर्वोच्चले रोक लगाउँदा सरकार सञ्चालनमा अवरोध...