भरतपुर आँखा अस्पतालमा आँखाका नानी संकलन केन्द्र स्थापना गरिने, पाठक दम्पत्तिले दिए डेढ करोड :: Pahilopost.com

चितवन : चितवनको भरतपुर आँखा अस्पतालमा आँखाको नानी संकलन केन्द्र स्थापना गरिने भएको छ। नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले यसै साताबाट नानी संकलन केन्द्र सञ्चालन गर्न लागेको हो। समाजसेवी भीमराज पाठकले दम्पतीको नाममा रहने गरी संकलन केन्द्र स्थापनार्थ डेढ करोड रुपैयाँ सहयोग गर्ने भएपछि संघको लामो समयदेखिको सपना साकार