भक्तपुर बस्ने शिवम् (नाम परिवर्तन) ३.५ केजी तौलको जन्मिए । आमाले पास्नीपछि दूधसँगै पटक-पटक जाउलो, लिटो खुवाउने गर्थिन् ।विद्यालयमा पनि खाना/खाजा टन्न खाने र घरमा पनि आमाले पटक-पटक खुवाउने । अहिले उनलाई थोरै खानाले पुग्दैन। ७ वर्षीय उनी ४३ केजीका छन् । बेबी सेन्टर डटकमको उचाइ एवं तौल चार्टअनुसार ७ वर्षे बालकको तौल २४ केजी हुनुपर्छ ।