निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक बनाउँछौँ : वाम–लोकतान्त्रिक गठबन्धन

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि एवं पद्धतिमार्फत व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारले संयुक्तरुपमा हाते पर्चा प्रकाशन गरेर उक्त प्रतिबद्धता जनाएका हुन् । खेतीपाती, पशुपालन र फलफूल खेतीलाई व्यावसायीकरण गर्न पकेट क

सम्बन्धित सामग्री

कृषिमा उद्यमशीलता

कृषि क्षेत्रलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । तथापि हाम्रो मुलुकको कृषि क्षेत्रका प्रमुख विशेषताहरूबाट अहिलेसम्म पनि ‘निर्वाहमुखी खेती प्रणाली’ हट्न सकेको छैन । यसले मुलुकका अधिकांश किसान व्यावसायिक खेती प्रणालीको पहँुचमा पुग्न सकिरहेका छैनन् भन्ने पुष्टि गर्छ । अर्कोतर्फ कुल जनसङ्ख्याको करिब दुईतिहाइभन्दा बढी जनशक्ति सक्रिय रूपमा आबद्ध रहेको यो क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा भने एकतिहाइभन्दा पनि कम भाग ओगट्नु, देशमा आयात हुने अधिकांश वस्तुको हिस्सा कृषिजन्य वस्तु नै हुनु र ग्रामीण गरिबीको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै कृषककै नाम देखिनुले हामीले सजिलै अनुमान लगाउन सकिन्छ कि मुलुकको कृषि क्षेत्रमा अग्रगामी परिवर्तनको टड्कारो आवश्यकता देखिन्छ । यो परिवर्तन त्यतिबेला सम्भव छ, जतिबेला यो क्षेत्रमा उद्यमशीलताको विकास गर्न सकिन्छ ।