धर्मसंगतका साथ समयअनुसारको पेशा

मानिसहरू जीवनयापन गर्न कुनै न कुनै व्यापारव्यवसाय वा वृत्ति अपनाउँछन् । बच्चाहरूलाई सानैदेखि पछि के बन्ने भनी प्रेरित गरिँदा पनि ठूलाबडाहरूबाट निर्देश हुन्छ : डाक्टर, इन्जिनीयर, शिक्षक वा यस्तै यस्तै भनी । यसरी खास पेशा रोजाइ वा प्राथमिकतामा पर्नुका विभिन्न आधार होलान् । आफूले चाहेजस्तो पेशा वा वृत्ति अपनाउन मानिसहरू शिक्षा, तालीम लिन मेहनत गर्छन् । आफ्ना सेवाग्राहीप्रति इमानदार रहेर आफ्नो पेशाधर्म निभाउँछन् । प्राय: पाका अभिभावक, वयस्क र विद्वान्हरू धर्मसंगत वा धर्मले उपयुक्त पेशा बच्चाले अपनाउन् भन्ने अभीष्ट राख्छन् । मूलत: पेशाव्यवसायबाट परिवारजन वा अरू कसैको अहित नहोस्, सबैको भलाई होस् भन्ने नै उनीहरूको अभीष्ट हुन्छ ।  कस्तो काम, पेशा वा व्यवसाय धर्मसंगत हुन्छ भन्ने कुरा हुर्किरहेका र असल जीवन बनाउन खोजिरहेका किशोरकिशोरीहरूका लागि विशेष महत्त्वको हुन्छ । कुनै हिसाबले अरू कसैको अहित नहुने व्यापारव्यवसाय नै सच्चा मान्नुपर्छ । सच्चा व्यवसायमा शुरूमा धेरै मेहनत गर्नुपर्ने भए पनि पछि फाइदा नै हुन्छ । यस्तो व्यवसायमा धोका र झुट हुँदैन, कसैलाई ठगिँदैन, कसैको अहित नहोस् भन्ने हेक्का राखिन्छ । नशालु पदार्थ जाँडरक्सी, सुर्ती, चुरोट, गाँजा, अफिम, चरेसजस्ता लागूपदार्थ आफू सेवन नगर्ने तर बेच्ने गर्नाले अरूलाई हानि हुन्छ । यस्ता वस्तुको सेवनले मानिस दिग्भ्रमित भई गलत बाटोमा लाग्न पुग्छ । मद्य, मांस, विषविषादि, अस्त्रशस्त्र, पशुपक्षी आदिको व्यापारव्यवसाय नीतिशास्त्रका दृष्टिले मैलो व्यवसाय हो । हरेक चिजबिजको उपयोग वा उपभोगका पछाडि राम्रो र नराम्रो लुकेको हुन्छ । उपर्युक्त चिजहरूले आमरूपमा मानिसको अहित हुने भएकाले यी पेशा धार्मिक रूपमा वर्जित गरिएका हुन् ।  त्यसो त हरेक पेशामा इमानदार र बेइमान मान्छे र राम्रा, नराम्रा पक्ष हुन्छन् । पेशा जेजस्तो भए पनि पेशालाई उचित अनुचित, दोषयुक्त वा निर्दोष भनी परख गर्ने आधार भनेको त्यस पेशाका व्यक्तिको अभिप्राय, मनोकांक्षा वा मनस्थिति हो भन्ने नै हो । डाँकू लुटेराले धनमाल लुट्न चक्कु प्रहार गरी मानिसको ज्यान लिन्छ । यदाकदा चिकित्साकर्ममा चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा मानिसको मृत्यु पनि हुन सक्छ । ज्यान दुवैबाट गएको हो, तर त्यसमा अन्तर्निहित अभिप्रायमा आकाश जमीनको अन्तर हुन्छ । एउटामा प्राण हर्ने, अर्कोमा ज्यान बचाउने । भवितव्यले अन्यथा हुन गए पनि चिकित्सकले शल्यक्रिया गर्र्नु उसको धर्म हो, पाप होइन । त्यसो त डाक्टरी वा यस्तै अरू मर्यादित पेशामा पनि खराब नियत भएका पेशाकर्मी नहुने होइनन् । चिकित्साकर्मीको चेतनाले के भन्छ ? अरू मानिस स्वस्थ रहून् भन्ने छ कि बिरामी परेर आपूmलाई धेरै कमाइ होस् भन्ने छ ? चिकित्साजस्तो इज्जत गरिने पेशामा असंगत प्रवृत्ति हाबी हुँदै जाँदा यसको मर्यादा र इथिक्समै धक्का लाग्न सक्छ । मानिस कर्मले धार्मिक वा पापी हुने हो । पेशाकर्मीको कर्मबाट कुनै पनि पेशाको मर्यादा निक्र्योल भइरहेको देखिन्छ । यद्यपि, पेशाभन्दा पनि व्यक्तिको कर्मले नै उसको नियति निक्र्योल हुनेगर्छ । अरूलाई हानिनोक्सानी नहोस् भनेर ख्याल राख्ने, सकेसम्म अरूको कल्याण र फाइदाका हिसाबले काम गर्ने पेशाकर्मी नै मर्यादित र नीतिसंगत पेशाकर्मी हुन् ।  जीविका ठीक ढंगले चलाउन शिल्प, कला र पेशागत ज्ञान आवश्यक हुन्छ । आफ्नो रुचि, क्षमता र आवश्यकता आदिलाई ध्यानमा राखेर कुनै पेशाको शिल्पमा पारंगत हुने कोसिस गर्नुपर्छ । वर्तमानअनुसार कम्प्युटर, सफ्टवेयरलगायत तथ्यांक कला, अर्थशास्त्र, गणित, व्यवस्थापन र विज्ञानका कुरा आवश्यक हुन गएको छ ।   व्यापारव्यवसाय र बजार अर्थतन्त्रमा व्याप्त विसंगतिको स्थूल विश्लेषण गर्दै विपश्यनाचार्य सत्यनारायण गोयन्काज्यू गलत पहुँच र प्रवृत्ति स्पष्ट रूपमा औंल्याउनुहुन्छ । कुनै विपद्, अनिकाल, युद्ध वा महामारी भएर व्यापार व्यवसाय समस्यामा परी सामानको भाउ बढ्दा बजार सुध्रिएको र सामानको उत्पादन बढ्न गई मूल्य घट्न पुग्दा व्यापार चौपट भयो भन्नु अधार्मिक चेतना हो । यस्तो चेतनाले व्यापार व्यवसायलाई अकुशल बनाउँछ । मनोवृत्ति वा चित्तको चेतना दूषित भएमा राम्रोभन्दा राम्रो व्यवसाय पनि दूषित हुन जान्छ । धन कमाउनुमा दोष छैन, बरु यो जरुरी नै छ । गृहस्थले सकेसम्म पेशाले दिने सबभन्दा अधिक ऐश्वर्य, सम्पत्ति र धन कमाउने हो, संग्रह गर्ने नै हो । गृहत्यागी धनवान् र गृहपति धनविहीन वा कंगाल हुनु कल्याणकारी हुँदैन । यसले धर्मधारणमा कठिनाइ उत्पन्न हुन्छ । गृहस्थले जस्तै परिस्थितिमा पनि इमानदारी, मेहनत र पुरूषार्थले कमाउने प्रयास जारी राख्नुपर्छ । हरेक पेशामा कमाउनु आफ्ना लागि मात्र नभई समाजको हितका लागि पनि हो भन्ने भावना हुनुपर्छ ।   लेखक विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागीय प्रमुख हुन् । 

सम्बन्धित सामग्री

कालिगड पेशा जोगाउँदै पौवादुङमा स्थानीय सरकार

भोजपुर : परम्परागत खुकुरी बनाउने पेशा संकटमा परेपछि पौवादुङमा गाउँपालिकाले संरक्षण गर्न थालेको छ। आवश्यक औजार उपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेसँगै पेशा संकटमा पर्दै गएपछि गाउँपालिकाले संरक्षण थालेको हो।पेशा छाड्नेको संख्या बढ्न थालेपछि उनीहरूलाई आवश्यक सहयोग गर्दै प्रोत्साहन अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। लोपोन्मुख पेशाको संरक्षणमा जुटेको उनको भनाइ छ।‘पछिल्लो समय कालिगड पलायन हुँदै गएको अवस्था छ’‚ अध्यक्ष राईले भने, ‘अहिले गाउँघर

कुमाल समुदायको पेशा लोप हुँदै

काठमाडौं, १८ फागुन । दुःख गरेर माटोका भाँडा वर्तन बनाउँदै आएका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको छ । सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल जातिको पेशा हराउँदै गएको हो । विसं २०४२÷४३ बाट कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल जातिले विकल्प […]

ओखलढुंगामा विश्वकर्मा समुदायको आरन पेशा संकटमा

ओखलढुंगा । ओखलढुंगाका विश्वकर्मा समुदायले अपनाउदै आएको आरन पेशा संकटमा परेको छ । लोप हुँदै गएका अन्य पेशा जोगाउन विभिन्न पहल भएता पनि आरन पेशा उपेक्षामा पर्दै आएको छ । आरनमा कृषि औजार निर्माण तथा मर्मत गरिन्छ पुर्ख्यौली पेशाका रूपमा आरन पेशा अपनाएर जीविका धान्दै आएका यहाँका विश्वकर्मा समुदाय पेशा संकटमा परेपछि चिन्तित भएका छन् […]

आरन पेशा विस्थापित हुने अवस्थामा

काठमाडौँ,१५ वैशाख । ब्यास नगरपालिका–५ कन्टार निवासी भुमबहादुर विकले आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै आएका छन् । आफू आठ वर्षको उमेर हुँदा बुवाले छाडेर गएपछि बुवाको पुख्र्यौली पेशालाई अँगाल्दै आएका हुन्। आरन व्यवसायबाट राम्रै कमाइ हुने गरे पनि पछिल्लो समय कोइला पाउन छाडेपछि पेशा विस्थापित हुने अवस्थामा पुगेको उनले बताए । सामुदायिक वनमा गएर काठ […]

संकटमा काठको ठेकी बनाउने पेशा

युवराज विष्टभोजपुर :  काठको ठेकी बनाउने परम्परागत पेशा संकटमा पर्न थालेको छ। भोजपुरमा विगतमा धेरैले यो पेशा गर्दै आए संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेशा संकटमा परेको यसमा आवद्धहरू बताउँछन्।धेरै मेहनतका साथ खोला तथा खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि पेशाबाट पलायन हुँदै गएको ५० वर्षभन्दा बढी ठेकी बनाउँदै आएका टेम्केमैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए।‘यो हाम्रो पुर्ख्यौली पेशा संकटमा पर्न थालेको छ। मेहनत धेरै गर्नुपर्छ।

लघुकथा : पेशा

आज स्कूलमा सुनिताको क्लासमा नेपाली पढाउने मिसले सबै जनासँग एक एक गर्दै “आफ्नो आफ्नो बाबुआमाले के गर्नु हुन्छ भन ।” भनेर सोध्नु भयो । सायद सबैका फरक फरक पेशा हुन्छन् भन्ने बुझाउनको लागि होला । सबैले आफ्ना बुबाआमा जे गर्छन्,  त्यो  भन्दै गए । कसैको बुबाआमा अफिस जाने, कोही पसल जाने, कुनैले टेक्सी चलाउने, कसैले झोला बनाउने त कसैले कपडा सिलाउने, कोही कागजका सामान बनाएर पर्यटकलाई बेच्ने र कोही माटाका भाँडा बनाउने आदि विभिन्न पेशा भएका मानिसका बाबुनानी सुनिताका साथीहरु रहेछन्

नयाँ पुस्ता तयार नहुँदा नवदुर्गाको मुकुण्डो बनाउने पेशा सङ्कटमा

भक्तपुर : भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्वको नवदुर्गा देवगणको मकुण्डो बनाउने पेशा सङ्कटमा परेको छ।आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा सङ्कटमा परेको हो। नवदुर्गा गण नाचका लागि आवश्यक विभिन्न देवीदेवताको १३ वटा मुकुण्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एक जनामात्र संलग्न छन्। उनको परिवारका सदस्यसमेत यो पेशाबाट विमुख हुँदै गएका छन्। पूर्ण चित्रकारपछि यो पेशा कसले सम्हाल्ने, यसको जवाफ कसैसँग छैन।प्रत्येक वर्ष नयाँ बनाउनुपर्ने मुकुण्डो तयार नभए नवदुर्गा नाचसम

सङ्कटमा पर्दै परम्परागत डोको–डालो बुन्ने पेशा

डोको–डालोका लागि आवश्यक बाँस र निगालोको अभावले डडेल्धुरामा पुस्तौँदेखिको पेशा सङ्कटमा पर्न थालेको छ । बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा उनीहरुको पेशा सङ्कटमा परेको हो । बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका …

डोको डालो बुन्ने पेशा सङ्कटमा

डडेल्धुरा– दलित समुदायको पुस्तौँदेखिको डोको डालो बुन्ने पुर्ख्यौली पेशा कच्चा पदार्थको अभावमा सङ्कटमा पर्न थालेको छ । बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामाग्री नपाउँदा उनीहरुको पेशा सङ्कटमा परेको हो । बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी […]

मूल्यहीन नर्सिङ पेशा

मूल्य भएको पेशा भए काम गरेको कदर हुन्थ्यो, इज्जत हुन्थ्यो र पारिश्रमिक हुन्थ्यो तर मूल्य हराएर अहिलेसम्म हराएको मूल्य खोज्न अगाडि बढ्न नसकेको हाम्रो नर्सिङ पेशा कहिले अगाडि आउन सक्ला?