प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार साँझ बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । बुधवार साँझ ५ बजेका लागि संवैधानिक परिषद् बैठक बोलाइएको थियो । विभिन्न संवैधानिक आयोगका पदाधिकारी र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने परिषद्को बैठक केही महिनायता विवादित बन्दै आएको छ ।

सम्बन्धित सामग्री

बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्काे बैठक स्थगित

न्युज अफ नेपाल , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । बुधबार साँझ पाँच बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरी […]

संवैधानिक परिषद् बैठक स्थगित - BBC News नेपाली

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीचको छलफलपछि संवैधानिक परिषद्‌सम्बन्धी विवादित अध्यादेश फिर्ता नभइकन बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित गरिएको छ।

बालुवाटार पुगेर प्रचण्डको आग्रहपछि संवैधानिक परिषद् बैठक स्थगित

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बालुवाटारमा बेलुकी ५ बजेका लागि बैठक आह्वान गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश फिर्ता नहुँदै बैठक बस्न नमिल्ने भन्द...