हास्य टेलीशृङ्खला ‘आम्मै’ लिएर आए प्रभाकरदेव

काठमाडौँ : निर्देशक एवम् कलाकार प्रभाकरदेव शर्मा नयाँ पारिवारिक हास्य टेलीशृङ्खला ‘आम्मै’ लिएर दर्शक माझ आउने भएका छन्।हिल्स होम थिएटर र विकासराज जोशीको प्रस्तुति रहेको टेलीशृङ्खला ‘आम्मै’ प्रत्येक सोमबार बेलुकी ८:३० बजे इमेज च्यानल र ९ बजे ओ.यस.आर मुभिजबाट प्रसारण हुनेछ।सांस्कृतिक संस्थानमा कार्यरत शर्मा टेलीशृङ्खला निर्देशनमा पनि सक्रिय छन्। उनले लौ मार्‍यो,  घातप्रतिघात, जीवनचक्र, लौ न भुतुक्कै पार्‍यौ‚ अपराधी को ?, आमा, मेमसाब, थोरै भए पुगिसरी