भयावह अवस्था देखाउँदै निगमले पठायो सरकारलाई पत्र, के छ १० बुँदेमा ?

अवस्था भयावह देखाउँदै नेपाल आयल निगमले सरकारलाई १० बुँदे पत्र पठाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निगमले पठाएको पत्रमा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिनसक्ने चेतावनी दिएको छ । कम्पनी निरन्तर घाटामा गएको भन्दै निगमले यस्तो चेतावनी दिएको हो ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि देशमा मूल्य समायोजन हुन नसक्दा निगमको मासिक नोक्सानी जुलाई १, २०२२ को मूल्य बमोजिम करिव १० अर्बभन्दा बढी रहेको उल्लेख गरिएको छ ।  यस्तै चालु आर्थिक वर्षको अन्त्यसम्म ५५