मस्तिष्कमा गम्भीर घाउ लागेका अभिषेकको उपचारमा आर्थिक समस्या

पर्वत : बागलुङ  जिल्लाको बागलुङ नगरपालिका–१३ काली खोलाका ५१ वर्षीय दिलबहादुर रोका र उनकी श्रीमती उजेलीको सपना थियो कि दुई छोरीमुनि जन्मिएको छोरो १८ वर्षीय अभिषेकलाई राम्रो शिक्षा दिएर बुढेसकालको सहारा बनाऊँ। छोरा पनि त्यही बाटोमा थिए, अनुशासित र पढाइमा पनि लगनशील।अभिषेकले मिहिनेत गर्नु नै पर्ने थियो किनकि सम्पत्तिको नाममा उनीहरूसँग सामान्य घर र दुई वटा खेतको गरा मात्रै छ। त्यसले कति दिन पो थेग्न सक्थ्यो र? पेट भर्नको लागि अधियाँमा कमाएको जमिन, गाउँमा गरिने निमेक र दैनिक मजदुरीबाहेकको