हेलिकप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

गोरखा निर्वाचन क्षेत्र १ ख का उमेद्धवार राजेन्द्र बजगाईले हेलिकप्टर चढेर चुनाव प्रचारमा गएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। नेकपा एमाले र माओवादी केन्द्र गोरखाले आचारसंहिता उलंघन गर्दै उत्तरी गोरखाको समागाउँ पुगेको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।