च्यासलमा एमाले सचिवालय बैठक सुरु

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा  स्थानीय निकाय निर्वाचनको समीक्षालगायतका कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।बैठकमा अध्यक्ष ओलीले समसामयिक विषयमा ब्रिफिङ गरेका छन् ।

सम्बन्धित सामग्री

समानुपातिक सांसद छान्न एमाले सचिवालय बैठक बस्दै

समानुपातिक सांसदबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै छ । च्यासलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकले निर्वाचन आयोगलाई बुझाउने समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउने छ ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, मंसिर २४ । नेकपा (एमाले) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको हो । शुक्रबार नै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर शनिबारका लागि सारिएको थियो । बैठकमा समानुपातिकतर्फका सांसदको छनौट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो […]

समानुपातिक सांसदको नाम छान्न बोलाइएको एमाले सचिवालय बैठक स्थगित

समानुपातिक सांसदको नाम टुंग्याउन बोलाइएको एमाले सचिवालय बैठक स्थगित भएको हो ।

उम्मेदवार छान्न बालकोटमा एमाले सचिवालय बैठक

काठमाडौँ – उम्मेदवार छान्न बसेको एमाले सचिवालय बैठक बिहीबार पनि बसिरहेको छ। गए राति अबेरसम्म चलेको बैठकले समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवाबारे निर्णय गर्न एमालेले बैठकलाई निरन्तरता दिएको हो। एक नेताका अनुसार बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल भइरहेको छ। अध्यक्ष ओलीले प्रतिनिधि सभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुंग्याइ […]

बालकोटमा एमाले सचिवालय बैठक सुरु

उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको हो ।  आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिएपनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ,३० जेठ । स्थानीय तह निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो बस्दैछ । च्यासलस्थित पार्टीको कार्यालयमा आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाको समीक्षा, निर्वाचित जनप्रतिधिलाई प्रशिक्षण, केन्द्रीय विभागमा पूर्णता, भावी रणनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ […]

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, जेठ ३० । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । स्थानीय तह दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा बस्ने तय भएको बैठकमा निर्वाचनबारे समीक्षा, स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुनेछ । यसअघि आईतबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालयका लागि चार […]

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, बैशाख ८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो १ बजे बस्ने बैठकबाट महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवारको टुंगो लगाउने तयारी रहेको छ। यसअघि बुधबारनै सत्ता गठबन्धनका दलहरूले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेका छन्।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, बैशाख ५ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बेलुका साढे ६ बजे बस्ने तय भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, पार्टीको घोषणापत्र, उम्मेदवार छनौट गर्नेबारे छलफल हुने जनाइएको छ ।