सफा हिमाल अभियानलाई सूर्य नेपालले रू. १ करोड १० लाख दिने

काठमाडौं । जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले शुरू गर्न लागेको ‘सफा हिमाल अभियान २०२३’मा सूर्य नेपाल प्रालिले रू. १ करोडभन्दा बढी सहयोग गर्ने भएको छ । सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैरसरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेण्ट नेपाल’सँग सहकार्य गर्ने भएको हो । उक्त अभियान सम्पन्न गर्न कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड १० लाख रुपयाँ सहयोग गर्नेछ । सो सम्बन्धमा नेपाली सेना, सूर्य नेपाल प्रालि र सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेण्ट नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पाण्डे, प्रमुख सेनानी किशोर अधिकारी, सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेण्ट नेपालका आनन्द मिश्रा, सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि के रायवरम र प्रबन्धक प्रेमनारायण अर्यालको सहभागिता थियो । ‘सफा हिमाल अभियान २०२३’ अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमालहरू (अन्नपूर्ण र ल्होत्से)को सफाइ गर्ने उद्देश्य छ ।

सम्बन्धित सामग्री

सफा हिमाल अभियानमा सूर्य नेपालको सहयोग

जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्न गइरहेको छ । सो अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमाल (अन्नपूर्ण र लोत्से) को सफाई गर्ने उद्देश्य रहेको छ । सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैरसरकारी संस्था ‘सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेब्लपमेण्ट […]