मोदी गाउँपालिकामा माटोमा बढेको अम्लीयपनले उत्पादनमा ह्रास आउँदै

पर्वत : कृषि ज्ञान केन्द्र पर्वतको आयोजना तथा मोदी गाउँपालिकाको आयोजनामा मोदी कृषकहरूले खेतीपाती गर्दै आएको माटोको परीक्षण गरिएको छ। माटोको परीक्षण नगरी बाली लगाउँदा लगानी अनुसारको उत्पादन नआउने तथा माटोको उर्वरा शक्तिमा ह्रास आउँदै जाने भएकाले कृषकहरूलाई माटो परीक्षणमा आकर्षित गर्ने गरी शिविर सञ्चालन गरेर माटोको अवस्था जाँच गरिएको हो। केन्द्रकी प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार व्यावसायिक रूपमा होस् वा सामान्य गुजारा चलाउने गरी खेती गर्दै आइरहेका कृषकहरू नै किन नहुन निकै थोरैले बाहेक माटो...

सम्बन्धित सामग्री

शिवश्री हाइड्रोपावर तेस्रो त्रैमाससम्म करीब २९ करोड नोक्सानीमा

जेठ ५, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवश्री हाइड्रोपावर लिमिटेड रू. २८ करोड ९० लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । कम्पनीले बिहीवार सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो त्रैमाससम्मको तुलनामा यो त्रैमासमा खुद नोक्सानी बढेको हो । अघिल्लो त्रैमाससम्म कम्पनी रू. १८ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यो त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट रू. १७ करोड ९२ लाखभन्दा बढी आम्दानी गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीले रू. १३ करोड १३ लाखभन्दा बढीको विद्युत् विक्री गरेको थियो । विद्युत् विक्री आम्दानी बढेपनि कम्पनीको ब्याज खर्च र ह्रास कट्टी बढेकाले खुद नोक्सानीमा वृद्धि भएको हो । अघिल्लो त्रैमाससम्म रू. १९ करोड ६० लाखभन्दा बढी ब्याज खर्च गरेको कम्पनीले यो त्रैमाससम्म रू. २७ करोड ७५ लाखभन्दा बढी ब्याज खर्च गरेको छ । त्यस्तै अघिल्लो त्रैमाससम्म रू. ७ करोड ९८ लाखभन्दा बढी हस कट्टी गरेको कम्पनीले यस त्रैमाससम्म रू. १३ करोड ३३ लाखभन्दा बढी ह्रास कट्टी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४७ करोड ६४ लाख रहेको छ । जगेडा कोष रकम भने रू. २७ करोड ६ लाखभन्दा बढी ऋणात्मक रहेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १६ करोड १९ लाखभन्दा बढी ऋणात्मक थियो । कर्जा रकम भने अघिल्लो त्रैमासको भन्दा यो त्रैमासमा कम भएको छ । अघिल्लो त्रैमाससम्म रू. ३ अर्ब ९९ करोड ७५ लाखभन्दा बढी रहेको कर्जा रकम यो त्रैमाससम्म रू. ३ अर्ब ९३ करोड ६६ लाखभन्दा बढी रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा निर्माण गरेको २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु एक जलविद्युत् आयोजनाबाट २०७८ साल जेठ १ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८१ दशमलव ६७ रहेको छ ।

कृषकको गुनासो :  ‘धान पाक्यो तर भित्र्याउन पाइएन’

असोज १५, कैलाली । असोजको महीना किसानका लागि महत्वपूर्ण महीना हो । कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले १० बिघामा धानखेती गरेका छन् । असारमा रोपेको धान भित्र्याइने समय भइसक्दा पनि रामबहादुरको खेतमा पानी कम भएको छैन ।       ‘धान पाकेर खेतमै झर्ला जस्तो भइसक्यो, मौसमले अझै साथ दिएको छैन’, उनी भन्छन्, ‘यसरी वर्षा भइरहने हो भने त धान भित्र्याउन निकै समस्या हुने देखिएको छ । आकाशमा बादल मडारियो भने कतै पाकेको धानबाली नष्ट गर्छ कि भन्ने त्रासले मन पनि त्यसैगरी मडारिन्छ ।’             यो समयमा किसान खेतमा हुनुपर्ने भए पनि मौसमको खराबीका कारण पाकेको धान भित्र्याउन समस्या भएको छ । मौसममा सुधार नभएका कारण किसान त्रस्त छन् । जिल्लाका अधिकांश क्षेत्रमा धानको खेती हुन्छ । हिउँदे खेती कम हुने भए पनि बर्खेखेती प्रायःसबै किसानले गर्ने गरेका छन् । अहिले दैनिकजसो वर्षा हुने गरेको छ । वर्षासँगैको हावाहुरीका कारण धान खेतमै ढल्ने र पानीले तल्लो भाग गलेर पराल पनि काम नलाग्ने हुन थालेको छ ।             टीकापुर नगरपालिकाका रतिराम विकले पाँच बिघा जमीनमा धानखेती गरेका छन् । दिनमा मौसम सफा भएपछि उनले केही धान काटे तर राति परेको झरीले सबै काटेको धान भिजाउँदा अहिले धान र पराल कामै नलाग्ने अवस्थामा पुगेको उनी बताउँछन्। ‘दिनमा घाम लाग्छ सुक्छ । राति पानी आउँछ फेरि भिजाउँछ’ , रतिराम भन्छन्, ‘काटेको धान खेतमै सड्ने भयो, नकाटेको झरेर सकिने भयो । मौसम सफा हुने कुनै छाँटकाँट देखिएकै छैन ।’             टीकापुर नगरपालिकाका किसान धनसिंह साउँदले २६ बिघा जमीनमा धानखेती गरेका छन् । लामो समयदेखि कृषिमा लागेका साउदले विगतका वर्षमा यतिबेला सबै धान भित्र्याइ सक्थे । ‘खेतमा धान पाकेर कालो पर्न थालिसक्यो । दैनिकको वर्षाले कतिपय ठाउँमा धान ढलेर बिग्रिसकेको छ’, साउद भन्छन्, ‘यो वर्ष धान राम्रो थियो । उत्पादन राम्रो हुने अपेक्षा गरेका थियौं । मौसमले साथ नदिएका कारण खेतमै धान नष्ट हुन थालेपछि चिन्ता बढेको छ ।’             धनसिंहपुर कृषि सहकारी संस्थाले धानको बीउ उत्पादनका लागि ४५ हेक्टरमा बिज वृद्धिका लागि धानखेती गरेको छ । बीउको धान समयमै भित्र्याउन नपाए त्यसले भोलि राम्रो उत्पादन दिन नसक्ने भन्दै सहकारीका अध्यक्षसमेत रहेका साउद एक/ दुई दिनमा मौसममा सुधार नआए किसानले ठूलो क्षति बेहोर्नुपर्ने बताउँछन् । ‘अहिले टीकापुर क्षेत्र बिज वृद्धिमा आत्मनिर्भर भइसकेको छ ।बद्लिंदो मौसमले हामीलाई समयसमयमा चुनौती थप्दै आएको छ’, उनी भन्छन्,“बीउ उत्पादनमा लगानी पनि बढी भएको हुन्छ । समयमै भित्र्याउन नसके धान कालो हुने र बीउका लागि उपयुुक्त नहुने भएकाले पनि अहिले मौसमका कारण बीउ उत्पादनमा ह्रास आउँछ कि भन्ने चिन्ता बढेको छ ।’             जानकी गाउँपालिकामा रहेको बीज वृद्धि कृषक सहकारी संस्थाले १६३ हेक्टरमा बीज वृद्धिका लागि धानखेती गरेको छ । कैलालीकै सबैभन्दा बढी बीउ उत्पादन गर्ने उक्त संस्थाका व्यवस्थापक गोविन्दराज रावल धान खेतमै बिग्रन अवस्थामा पुगेका कारण बीज वृद्धिमा समस्या आउनसक्ने बताउँछन्।             धान खेतमै ढलेर पानीमा सड्न थालेकाले मौसमले पनि किसानलाई नै चुनौती दिएको उनको भनाइ छ । रासस