एनडीटीभी किन्ने अडानी समूहको प्रयासमा नयाँ ट्वीस्ट

अडानी समूहले मिडिया कम्पनी एनडीटीभीको करिब ३० प्रतिशत सेयर किनेको मामिलामा नयाँ ट्वीस्ट आएको छ । नयाँ दिल्ली टेलिभिजन लिमिटेड (एनडीटीभी) ले आफ्ना संस्थापकहरूले कर विभागको अनुमति बिना अडानी समूहलाई कम्पनीको शेयर बेच्न नसक्ने बताएको हो ।समाचार एजेन्सी रोयटर्सका अनुसार एनडीटीभीले बुधबार एक एक्सचेन्ज फाइलिङमा कर विभागले एनडीटीभीका संस्थापक प्रणय रोय र राधिका रोयलाई सन् २०१७ मा कर पुनर्मूल्यांकन अन्तर्गत आफ्नो शेयर बेच्न प्रतिबन्ध लगाएको जनाएको छ ।व्यवसायी गौतम अडानीको नियन्त्रणमा रहेको अडानी समूहले