एनआरएनएमा सेल्फी अनिवार्य गर्ने काम गैरकानूनी : अध्यक्ष सुवेदी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले सङ्घको दशौं महाधिवेशनमा निर्वाचनका लागि अनुहारको पहिचान गर्ने वा 'फेसियल रिकग्निशन' (सेल्फी) प्रविधि अनिवार्य गर्ने काम गैरकानूनी भएको बताएका छन्।

सम्बन्धित सामग्री

आईपीओ निष्कासन नहुँदा हितग्राही खाता खोल्ने क्रम घट्यो

पुस ८, काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट) को संख्या पुस ७ गतेसम्म ४७ लाख ५४ हजार ९५५ पुगेको छ । यो संख्या साउन मसान्तसम्म ४० लाख ८७ हजार ५५ रहेको थियो ।  साउन मसान्तपछि ६ लाख ६७ हजार ९०० हितग्राही खाता थप भएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । पछिल्लो समय आईपीओ निष्कासन नहुँदा हितग्राही खाता खोल्नेको संख्यामा कमि आएको छ ।  केहि समय अघिसम्म दैनिक १५ हजारसम्म हितग्राही खाता खोलिने गरिएकोमा पछिल्लो समय यो संख्यामा निकै कमि आएको सिडिएससीको भनाइ छ । गत साउन मसान्तसम्मको तथ्यांकलाई गत वर्षको सोही अवधिसम्मको तथ्यांकसँग तुलना गर्दा ३९ लाखभन्दा बढी हितग्राही खाता थपिएका थिए । २०७७ साल साउन मसान्तसम्म १८ लाख ५ हजार ६०७ हितग्राही खाता रहेको थियो । नयाँ बीमा कम्पनीहरु र धेरै जसो जलविद्युत कम्पनीहरुसँगै केहि लघुवित्त कम्पनीहरुले पनि गत वर्ष आईपीओ जारी गरेका थिए । गत वर्ष २२ कम्पनीहरुले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका थिए । चालू आर्थिक वर्षयता भने जम्मा तीन ओटा कम्पनीहरुले मात्र आईपीओ निष्कासनको स्वीकृति पाएका हुन् । यसअघि क्रमश : आईपीओ निष्कासन भइरहनु र धितोपत्र दोस्रो बजारले ऐतिहासिक विन्दु कायम गरेको कारणले पनि हितग्राही खाता खोल्नेको संख्या बढी रहेको सिडिएससीका प्रबक्ता सुरेश न्यौपानेले जानकारी दिए ।  पछिल्लो समय आईपीओ निष्कासन नहुनु र दोस्रो बजारमा पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका कारण पनि कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाताको संख्यामा कमी भएको उनको भनाइ छ ।  दुई महीनादेखि बजारमा छैन आईपीओ  प्राथमिक बजारमा पछिल्लो समय हकप्रद शेयर र ऋणपत्रहरु निष्कासन भइरहे पनि विगत दुई महीनादेखि आईपीओ भने निष्कासन भएको छैन । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनपश्चात अन्य कम्पनीको आईपीओ निष्कासन भएको छैन । सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । उक्त कम्पनीले असार ३१ गते धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको लागि अनुमति पाएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नभएकाले कम्पनीहरुले आईपीओ निष्कासनका लागि स्वीकृति पाउन ढिलाइ भइरहेको छ ।  सरकारले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई बुक विल्डिङ्ग विधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । सो पश्चात निमित्त अध्यक्षको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पाएका छन् । उनले आईपीओ स्वीकृतिका लागि प्रक्रिया अघि बढीरहेको जानकारी दिए । अध्यक्षहुँदा दैनिक रुपमा हुने काम पछिल्लो समय सञ्चालक समितिको बैठक हुँदा मात्र हुने भएकाले अनुमति दिने प्रक्रियामा ढिला हुन गएकोसमेत उनले बताए ।  यसअघि कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिंदा शर्त राखेर दिइने गरिएको थियो भने अब ती शर्त पुरा भएपछि मात्र दिने सञ्चालक समितिको निर्देशन बमोजिम काम भइरहेको समेत उनले बताए । आर्थिक अभियान दैनिकको प्रिन्टबाट