संखुवासभामा बाढी-पहिरो: बेपत्ता २१ जनाको अवस्था अझै पनि अज्ञात

मोरङ- संखुवासभामा गएको बाढी र पहिरोमा परी बेपत्ता भएका २१ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ । सभा खोला र हेवा खोलाको बाढीमा परी बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। खोजी कार्यमा शनिबारबाट तालिमप्राप्त कुकुरकाे प्रयोग गरे पनि हालसम्म बेपत्ताको स्थिति पत्ता […]