नेपाल र गौतम एमालेको बैठकमा नजाने

काठमाडौं। नेकपा एमालेको महाधिवेशन आयोजक समितिकाे बैठकमा नेता माधवकुमार नेपाल र बामदेव गौतम नजाने भएका छन्। आजको बस्ने बैठकमा गौतम सहभागी नहुने उनी निकट पत्रकार विश्वमणी सुवेदीले बताए। बुधबार र बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच छलफल हुँदा सहमति भए आजको बैठकमा सहभागी हुने विश्वास गरिएको थियो। तर वार्ता विफल भएपछि उनीहरु बैठकमा सहभागी नहुने भएका हुन्।