चुनौतीको घेरामा अर्थमन्त्री शर्मा

काठमाडौं । नवगठित मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालन आएका अर्थमन्त्री जनार्दन शर्माले थुप्रै चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । अध्यादेशबाट ल्याइएको बजेटलाई निरन्तरता दिने वा नयाँ बजेट ल्याउने भन्ने पहिलो समस्या अर्थमन्त्रीलाई देखिन्छ । त्यस्तै सबै नागरिकलाई खोप लगाउन पर्याप्त खोपको व्यवस्था, पूँजीगत खर्च बढाउने, महामारीका कारण अप्ठ्यारोमा परेका नागरिक र व्यवसायलाई राहत र सहुलियत दिनेलगायत कामको सन्तुलन मिलाउनुपर्ने जिम्मेवारीमा अर्थमन्त्री शर्मामाथि रहेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले चलिरहेको संसद् विघटन गरेर अध्यादेशमार्फत ल्याएको बजेटका बारेमा निर्णय गर्न शर्मालाई अप्ठ्यारो पर्ने देखिन्छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट आज (साउन १) देखि कार्यान्वयनमा गए पनि अध्यादेशमार्फत ल्याइएको बजेटको भविष्य अनिश्चित छ । संविधानतः अध्यादेश संसद्को बैठक बसेको ६० दिनभित्र टेबल गरेर पास गर्नुपर्ने प्रावधान छ । तर, सर्वोच्चले समेत अध्यादेशमार्फत ल्याएको बजेटको औचित्यमाथि प्रश्न उठाइसकेकाले नवगठित सरकारले यो बजेट अघि बढाउन इच्छा देखाएको देखिँदैन । संसद्मा यो बजेट अध्यादेश टेबल नै गरे पनि वर्तमान सरकारसँग स्पष्ट बहुमत नभएका कारण पास हुनेमा विश्वस्त आधार पनि छैन । अध्यादेशमार्फत ल्याइएको यो बजेट खारेज हुन सक्ने प्रबल सम्भावना छ । यस्तो अवस्थामा सरकारले नयाँ पूरक बजेट ल्याउनसक्छ । तर, यस्तो नयाँ बजेट संसद्बाट पारित हुन्छ वा हुँदैन भन्ने पनि अनिश्चित छ । सत्तारूढ दलहरूभन्दा प्रमुख प्रतिपक्षी बलियो दल भएकाले सरकारको नयाँ बजेटको विपक्षमा संसद्मा उभिने सम्भावना देखिन्छ । कमजोर जगमा बनेको वर्तमान सरकारलाई बजेट पारित गर्नै कठिन हुने खतरा छ । अर्थमन्त्री शर्मालाई अर्थव्यवस्था ‘ट्र्याक’ मा राख्न कठिन पर्ने देखिन्छ । तर, अर्थविद् तथा पूर्व अर्थमन्त्रीले अन्तरपार्टी नेतृत्वको सरकारले भएकाले यो सबै चुनौती पार गर्न बलियो रूपमा दलीय सहमति आवश्यक रहेको बताउँछन् । उनीहरूका अनुसार कोभिड–१९ महामारीका कारण गतवर्ष २ दशमलव २१ प्रतिशतले खुम्चिएको अर्थतन्त्रको वृद्धिद्धर चालू आर्थिक वर्षमा पनि शून्य प्रतिशत वरिपरि रहने जोखिम रहेको छ । त्यसैले यो सरकारले दलीय सहमतीका आधारमा अबको अर्थतन्त्र र नागरिकको ज्यान जोगाउन विवेकपूर्ण ढंगले उचित कदम चाल्नुपर्छ । अर्थविद् डा. विश्वम्भर प्याकुर्‍यालले महामारीले मुलुकको अर्थतन्त्र थिलोथिलो पारेका कारण तत्काल अर्थमन्त्री शर्माले मुलुकको पछिल्लो अर्थतन्त्रको अवस्थाको वास्तविकता बताउन श्वेतपत्र जारी गर्नुपर्ने बताउँछन् । ‘पूर्ववर्ती सरकारले महामारीको प्रवाह नै नगरी वितरणमुखी, अघि नै बढ्न नसकेका आयोजना, कार्यक्रमहरूलाई छुट्याएर ठूलो आकारको बजेट ल्याएकाले यो बजेट जस्ताको तस्तै कुनै हालतमा कार्यान्वयनमा गरिनुहुँदैन,’ उनले भने । श्वेतपत्र जारी गरेर पछिल्लो अवस्था चित्रण गरि पुनः प्राथमिकीकरण गरेर बजेट पुनर्लेखन गर्नेगरी नवनियुक्त अर्थमन्त्री अघि बढ्नुपर्ने प्याकुरेलको भनाइ छ । अन्तरपार्टी मिलेर गठन भएको सरकार भएकाले पहिला बृहत् समझदारी गरी यो सरकारका योजना, कार्यक्रम सहमतिका आधारमा अघि बढाउनुपर्ने प्याकुरेलको भनाइ छ । अनुत्पादक क्षेत्रमा भइरहेको खर्चलाई जतिसक्दो न्यून गरी उत्पादनमूलक क्षेत्रमा खर्च वृद्धि गर्न सरकारलाई उनको सुझाव छ । उनका अनुसार पूर्ववर्ती सरकारले ल्याएको बजेटका आधारमा राष्ट्र बैंकले मौद्रिक नीति ल्याइहाल्नु हुँदैन । ‘अहिलेको बजेटका आधारमा मौद्रिक नीति ल्याइयो भने देश ठूलो संकटमा फस्छ,’ प्याकुरेलले भने । पूर्वअर्थमन्त्री डा. रामशरण महत पनि अघिल्लो सरकारले विधि मिचेर बजेट ल्याएकाले यो बजेट कार्यान्वयन गर्न नहुने पक्षमा देखिन्छन् । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सर्वाेच्च अदालतले नै अवैधानिक भनिसकेकाले नयाँ सरकारले नयाँ बजेट ल्याउनुपर्ने उनको तर्क छ । साउन १ गतेदेखिको खर्च अहिलेकै बजेटलाई निरन्तरता दिए पनि नयाँ बजेट यो सरकारले ल्याउनुपर्ने र ल्याउनेमा आफू विश्वस्त रहेको बताए । कामचलाउ बजेटमा नयाँ कार्यक्रम समावेश गर्न सकिने अवस्था नरहँदा नरहँदै पनि ओली सरकारले बलमिच्याइँ गरेर सपना बाँड्ने बजेट ल्याएकाले अहिलेको बजेटको अर्थ नरहेको महतको बुझाइ छ । मुलुकको सन्तुलित र दीर्घकालीन प्रकृतिको दिगो विकास, कोरोना महामारी नियन्त्रण, आर्थिक गतिविधिहरूको पुनरुत्थान, रोजगारीका अवसरको सृजना, कृषि, पर्यटन, उद्योग व्यवसाय आदि क्षेत्रको पुनःस्थापना, पूर्वाधारको विकास, शिक्षाका साथै विभिन्न प्राथमिकताका क्षेत्रको अध्ययन गरेर आवश्यता भएको ठाउँमा मात्रै कांग्रेस नेतृत्वको सरकारले ल्याउने बजेट केन्द्रित हुनुपर्ने उनको बुझाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले कांग्रेस नेतृत्वको नयाँ सरकारबाट निजीक्षेत्रले ठूलो अपेक्षा राखेको बताउँछन् । उनका अनुसार यो सरकारले उदार आर्थिक नीति लिएर कोभिडले अस्तव्यस्त बनाएको अर्थतन्त्रलाई सही गतिमा अघि बढाउनेमा निजीक्षेत्र आशावादी छ । ओली नेतृत्वको तत्कालीन सरकारले जेठ १५ मा ल्याएको बजेटमा आयातमुखी अहिलेको अर्थतन्त्रलाई सुधार गरी उत्पादनमुखीतर्फको नीतिलाई अंगीकार गरेकाले नयाँ सरकारले त्यो नीतिलाई फेरबदल नहुने गरी काम गर्नुपर्ने मोरको भनाइ छ । उनका अनुसार आर्थिक वर्षको अन्त्यमा बजेट खर्च हुने प्रवृत्तिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव नपारेकाले समयमै बजेट खर्च गर्ने परिपाटीलाई यो सरकारले सिस्टममा ल्याउनुपर्छ ।

सम्बन्धित सामग्री

अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए । “अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उनले भने, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी […]

अर्थमन्त्री शर्मा अमेरिकामा

काठमाडौँ,२६ असोज । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुगेका छन् । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुगेका थिए । अमेरिकाको राजधानी वाशिङटन डिसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्वबैंकको वार्षिक बैठक यही […]

अर्थमन्त्री शर्मा अमेरिकामा

वाशिङटन डिसी । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुगेका छन् । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुगेका थिए । अमेरिकाको राजधानी वाशिङटन डिसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्वबैंकको वार्षिक बैठक यही […] The post अर्थमन्त्री शर्मा अमेरिकामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म राजीनामा दिन्नँ : अर्थमन्त्री शर्मा

काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । पछिल्लो समय अर्थमन्त्री शर्माको राजीनामा मागिएको छ। तर, मन्त्री शर्माले भने कुनैपनि हालतमा आफूले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,‘मैले किन राजीनामा दिने ? के गल्ती गरेको छ र ?’ माओवादी केन्द्रको आज विहान […]

अर्थमन्त्री शर्मा मन्तव्य

काठमाडौँ,१५ असार । अर्थमन्त्री जनार्दन शर्मा महालेखा परीक्षकको कार्यालयको ६४औं वार्षिकोत्सव समारोह कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै । तस्वीर : रत्न श्रेष्ठ, रासस

अर्थमन्त्री शर्मा कारागारमा बस्न लायक : सांसद श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मा कारागारमा बस्न लायक रहेको टिप्पणी गर्नुभएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई सहभागी गराएर जघन्य अपराध गरेका अर्थमन्त्री शर्मा अरु देशमा भए कारागारमा बस्न लायक हुने उहाँको भनाई थियो । आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले तर यहाँ त […]

अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर संसद भवनतर्फ

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष २०७९/०८० को बजेट ब्रिफकेस बोकेर संसद भवन तर्फ प्रस्थान गरेका छन् । अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर नयाँ बानेश्वरस्थित संसद भवनतर्फ लागेका हुन् । आज केही बेरमा बजेट भाषण हुँदैछ।

अर्थमन्त्री शर्मा पर्वतमा, आज पनि संसदमा नजाने

१२ फागुन, पोखरा । एमसीसीबारे प्रतिनिधि सभामा छलफल हुने बेला अर्थमन्त्री जनार्दन शर्मा भने पर्वत पुगेका छन् । पर्वत उद्योग वाणिज्य संघको साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन भन्दै अर्थमन्त्री शर्मा पर्वत पुगेका हुन् । उनी बुधबार नै श्रीमतीसहित बागलुङ पुगेका थिए । शर्मा दम्पतीले बिहीबार बिहान पर्वतको कुस्मास्थित द क्लिफ रिसोर्टको स्काई क्याफेमा […]

एमसीसी छल्न पर्वत पुगेका अर्थमन्त्री शर्मा घुमघाममा व्यस्त

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने लेखिएको छ।सम्भावित कार्यसूचीका रूपमा राखिएको उक्त प्रस्ताव छलफलका लागि अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने लेखिएको छ।  अर्थमन्त्री शर्माले सम्झौताबारेको छलफलका लागि बैठकमा प्रस्ताव गर्ने कार्यसूची रहेको बेलामा अर्थमन्त्री शर्मा

चुनौतीको घेरामा अर्थमन्त्री शर्मा

काठमाडौं, साउन १। नवगठित मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालन आएका अर्थमन्त्री जनार्दन शर्माले थुप्रै चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । अध्यादेशबाट ल्याइएको बजेटलाई निरन्तरता दिने वा नयाँ बजेट ल्याउने भन्ने पहिलो समस्या अर्थमन्त्रीलाई देखिन्छ । त्यस्तै सबै नागरिकलाई खोप लगाउन पर्याप्त खोपको व्यवस्था, पूँजीगत खर्च बढाउने, महामारीका कारण अप्ठ्यारोमा परेका नागरिक र व्यवसायलाई राहत र […]