झापा : झापामा मतदाता नामावली दर्ता गराउनेको घुइँचो लागेको छ। स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता निर्वाचन आयोगले पुनः असार १ गते खोलेसँगै झापामा नाम दर्ता गराउनेको घुइँचो लागेको हो।झापामा एकै पटक चार ठाउँमा मतदाता नामावली दर्ता भइरहेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए। जिल्ला निर्वाचन कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रशासन कार्यालय दमक र इलाका प्रशासन कार्यालय गौरीगञ्जमा नामावली दर्ता भइरहेको सूचना अधिकारी न्य