एजेन्सी - वेष्टइण्डिजले नेपालसँग दुई सातापछि खेल्ने तीन २० आई सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ । दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको टोलीमा स्पिनर अकिल हुसेनले कप्तानी गर्नेछन् । अकिलसँगै ओपनर कायल मेयर्स, अनुभवी अलराउण्डर जेसन होल्डर र ओबेम म्याककोय टोलीमा समेटिएका छन् । नेपालले वेष्टइण्डिजसँग सेप्टेम्बर २७, २९ र ३० मा शारजाहमा तीन