दुईपटक ढालेपछि बल्ल अक्षय कुमारले मलाई साथी मान्यो

सन् १९९५ मा अमेरिकाको लस एन्जलसमा एउटा गार्मेन्ट फ्याक्ट्रीमा काम गरिरहेको थिएँ। एकदिन फ्याक्ट्री मालिकले जिस्क्याउँदै भने– तँ आफूलाई खुब अक्षय कुमारको साथी भन्छस्। ऊ भोलि स्राइन अडिटोरियममा कार्यक्रम गर्दै छ। तँलाई थाहै छैन। मालिकको मूलघर मुम्बई, सिन्धी परिवारका सदस्य। भारतबाट कुनै कलाकार आयो कि उनलाई पहिल्यै थाहा भइहाल्थ्यो। मलाई जिस्क्याउने मौका पाइहाले। मालिकको कुरा […]