एनसेलले गत वर्ष आफ्नो फोरजी नेटवर्कमा ठूलो विस्तार गर्दै देशभर २५० नयाँ टावर स्थापना गरेको छ। साथै, २,२०० साइटमा क्षमता अभिवृद्धि गरी ग्राहकहरूले उच्च गुणस्तरीय भ्वाइस र तेज डेटा सेवाको फाइदा लिन सक्ने भएका छन्। सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावर स्थापना गरिएका छन्। मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा विशेष ध्यान दिइएको छ। […]