राजधानीका विभिन्न स्थानमा बजार अनुगमन र निरीक्षणलाई तीव्र पार्दै वाणिज्य विभाग

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा राजधानी तथा आसपासका विभिन्न स्थानमा बजार अनुगमन र निरीक्षणलाई तीव्र बनाउँदै १४ वटा उद्योग तथा फर्मलाई जरिवाना तथा निर्देशनसहितका कारबाही गरेको जनाएको छ। उपभोक्ताको हकहित सुरक्षित गर्न नियमित अनुगमन बढाइएपछि विभिन्न व्यापारिक प्रतिष्ठानमा ऐन उल्लङ्घनका घटना भेटिएको विभागले जानकारी दिएको हो। भक्तपुरको मध्यपुरथिमिमा रहेको हलेसी मार्ट प्रालिलाई […]