पुल अभावमा सर्वसाधारणलाई सास्ती

दमौली- तनहुँको भिमाद नगरपालिकास्थित जिदी खोलामा पक्की पुल नहुँदा वर्षेनी सर्वसाधारणले जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ । पुलका अभावमा सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । सर्वसाधारणको सास्तीमा मल्हम लगाउन उक्त ठाउँमा पक्की पुलको योजना परे पनि लामो समयसम्म पुल अलपत्र भयो ।वि.सं २०७३ मा सम्झौता भएर विसं २०७५ मा सम्पन्न भइसक्नुपर्ने पुल लामो […]

सम्बन्धित सामग्री

बुढीगङ्गामा दुइटा पक्की पुल बन्दै

बाजुराको बुढीगङ्गा नदीमा चालु आर्थिक वर्षमा दुई वटा पक्की पुल निर्माण हुने भएपछि त्रिवेणी नगरपालिकाका स्थानीय खुसी भएका छन् । बुढीगङ्गा नदीमा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको थियो । बर्खाको समय दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आएका स्थानीय नगरवासीले पुल निर्माण भएमा धेरै कुराको सहज हुने बताएका छन् । त्रिवेणी नगरपालिका –८, रत्न माविका शिक्षक मानबहादुर ऐडीले भन्नुभयो, “हिउँदमा गाडी गुड्ने गाउँबस्ती बर्खाको समय सुनसान हुन्छन् ।” पुलको अभावमा यातायातका साधन बुढीगङ्गा नगरपालिका–६ को बाम्कामै रोकिने गरेका छन् । पुल निर्माण हुन लागेपछि बल्ल यहाँका स्थानीयको मुहारमा खुसी आएको त्रिवेणी नगरपालिका–८ का वडाध्यक्ष गगनजङ्ग बुढाले बताउनुभयो ।

पढ्नका लागि बाटोको सकस

सडक, गोरेटो तथा पुल अभावमा ग्रामीण बस्तीका बालबालिकालाई विद्यालय पुग्न घण्टौँ समय लाग्ने गरेको छ। प्राथमिक तहको शिक्षा आर्जनका लागि पनि निकै सङ्घर्ष गर्नुपरेको छ। दाङ राप्ती गाउँपालिका–९ घोसखोलाका वीरेन्द्र गाहा मुलाबारीमा रहेको विद्यालय पुग्न दैनिक तीन घण्टा हिँड्ने गर्छन्। कक्षा ६ मा अध्ययनरत वीरेन्द्रका लागि तीन घण्टाको हिँडाइ पढाइका लागि भन्दा सास्ती धेरै भएको छ। जंगल र पहाडको बाटोमा तीन घण्टा हिँडेर विद्यालय पुग्नु आफैँमा सकस र जोखिम छ।

त्रियुगा नदीको वितण्डा: उडायो सपना सबै हुरीले...

थुप्रै ठाउँमा पुल भत्किएको समाचार अखबार, रेडियो र टेलिभिजनबाट सुनेका चौदण्डीगढी-५ का स्थानीयले असार १९ गते आफ्नै आँखा अगाडी त्रियुगा नदीले पुल भत्काएपछि निराश भएका छन् । पुलको अभावमा सास्ती खेपिरहेका उनीहरुपक्की पुलबाट सयर गर्ने सपना सिसा फुटे झैं भएको छ ।

पक्की पुल नहुँदा सधैं सास्ती

हिउँदमा खोला सुक्ने भएकाले खासै समस्या छैन। वर्षा लाग्नासाथ पर्यटकीयस्थल पञ्चासे जाने सडक खण्डको खहरे खोलाले बर्सेनि सताउने गर्छ। पक्की पुल अभावमा यस क्षेत्रका बासिन्दाले सधंैको सास्ती व्यहोर्नुपर्छ।