गाउँ सुरक्षित गर्न राति गस्ती गर्ने आमा समूह

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–९ को पशुपतिनगरका कुनाकुनामा राति ८ बजेपछि टर्च बालेर केही महिला हिँडिरहेको भेटिन्छ।दैनिकजसो राति ८ बजेपछि टर्च बालेर हिँड्ने महिलाहरूको त्यो हूल पुष्पाञ्जलि गस्ती आमा समूहको हो। गएका ३ वर्षयता हरेक दिन पुष्पाञ्जलि आमा समूहका महिला यसैगरि रात परेपछि हातमा टर्च बोकेर गाउँको कुनाकाप्चासम्म पुग्छन्। एउटा हातले लौरो र अर्को हातले टर्च बोकेर राति गस्ती गर्नु यहाँका महिलाको दैनिकी नै बनिसकेको छ।उनीहर