कालीगण्डकी र म्याग्दी नदीमा पानीको सतह बढ्यो, तटीय क्षेत्रका बासिन्दा त्रासमा

म्याग्दी : आइतवार दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी नदी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा बस्न बाध्य भए। जिल्लाको माथिल्लो क्षेत्रमा उच्च वर्षा भएपछि नदी किनारका वस्तीका बासिन्दा त्रसित बनेका हुन् । मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मंगला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बताए।दुवै नदीमा साविकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका बासिन्दा