मकवानपुरका ७ जना उम्मेदवार विरुद्ध उजुरी दर्ता

मकवानपुरको १० स्थानीय तहमध्ये ३ स्थानीय तहका ७ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिकाका २ जना, बकैया गाउँपालिकामा ३ जना, मनहरी गाउँपालिकाका २ जना गरी ७ जना उम्मेदवार विरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।हेटौंडा उपमहानगरपालिका नम्बर वडा–४ का नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार नविन सिग्देल र हेटौंडा–१९ नम्बर वडाका वडा अध्यक्षका उम्मेदवार नरनाथ सुवेदी विरुद्ध उजुरी परेको कार्यालयले जनाएको छ । दुवै उम्मेदवार २०७४

सम्बन्धित सामग्री

रामसहायको उम्मेदवारी खारेजीको माग गर्दै दुई उजुरी

काठमाडौं: उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध दुई उजुरी दर्ता भएका छन्। सत्ता गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएका यादवविरुद्ध नेकपा एमाले र जनमत पार्टीले उजुरी दिएका हुन्। यादवको उम्मेदवारी खारेज गर्न उजुरीमा माग गरिएको छ। राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भएको भन्दै महिला उम्मेदवार कायमको माग गर्दै उजुरी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले…

दोलखाका ५ स्थानमा पुनः मतदान माग गर्दै एमालेद्वारा उजुरी दर्ता

काठमाडौँ – दोलखाका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै एमालेका उम्मेदवारले उजुरी दर्ता गराएका छन्। एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। जिल्लाका १० स्थानमा सत्तागठबन्धनले बुथ क्याप्चर गरेको एमालेको आरोप छ। तीमध्ये पाँच ठाउँमा पुनः मतदान गर्न माग गर्दै उजुरी दिएको एमालेले जनाएको छ।

गृहमन्त्री खाणविरुद्ध उजुरी दर्ता

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् […]

धनुषा- ३ मा गठबन्धनका उम्मेदवार निधि, झा र साहविरुद्ध उजुरी दर्ता

जनकपुरधाम- निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै धनुषा क्षेत्र नंं ३ का सत्ता गठबन्धनका उम्मेदवारहरूविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। विद्यापति स्मारक पर्वका संरक्षक चन्द्रमोहन चौधरीले उम्मेदवारी खारेजीको माग गर्दै जनकपुरधामस्थित मुख्य निर्वाचन अधिकृतका कार्यालयमा उजुरी दर्ता गराएका हुन्। आइतबार जनकपुरधाममा सम्पन्न विद्यापति स्मृति पर्वमा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र […]

काठमाडौं-२ का उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी

काठमाडौं– काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औँल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुँयालले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका […]

देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो ।डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध आफूले उजुरी दर्ता गरेको बताए । उनले रातोपाटीसँग भने, ‘मैले देउवाको उम्मेदवारी विरुद्ध उजुरी दर्ता गराएको छु । उहाँको उम्मेदवार शतप्रतिशत खारेजी हुनुपर्छ

मुगुमा दुई वडाअध्यक्षविरुद्ध उजुरी दर्ता

वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका छायानाथ रारा नगरपालिकाका दुई उम्मेदवार विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । छायाँनाथ रारा नगरपालिकाका–५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार जनक...

गाउँपालिका अध्यक्षका उम्मेदवार नै ठेक्कापट्टामा संलग्न रहेको उजुरी दर्ता

काठमाडौँ– सिन्धुलीको तीनपाटन गाउँपालिकाका अध्यक्षका उम्मेदवार निर्वतमान अध्यक्ष कृष्ण बहादुर थापाविरुद्ध ठेक्का पट्टामा संलग्न हुँदै उम्मेदवारी दिएको भन्दै उजुरी परेको छ। उनले आफैले आफ्नो निर्माण कम्पनीका लागि गाउँपालिकाको कोषबाट रकम भुक्तानी दिने गरेको भन्दै प्रतिस्पर्धि छत्र दाहालले उजुरी दर्ता गरेको उक्त गाउँपालिकाका निर्वाचन अधिकृत पुष्पराज कटुवालले बताए। नेपाली कांग्रेसबाट वडाको वडाध्यक्षमा उम्मेदवारी दिएका थापाविरुद्ध नेकपा […]

ललितपुर महानगरमा एमालेका उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता

ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ । उपमेयरका उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् ।निर्वाचन अधिकृतको कार्यालय ललितपुरले शाक्यविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । स्रोतका अनुसार २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको थियो । उनको नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको

इन्जिनियर मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै उजुरी दर्ता

काठमाडौँ । नेपाल इन्जिनियर एसोसिएसनको मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै धनुषा प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको छ । अध्यक्षको प्रत्याशी रहेका गौरी पण्डितसहित उनको प्यानलले प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् । मतगणनाको क्रममा ७५ बढी मत शङ्कास्पद रहेको जनाउँदै छानबिन गर्न माग गरिएको छ। असन्तुष्ट पक्षले मतगणना स्थलमा ताला लगाएको अध्यक्षका उम्मेदवार […]